Comments Add Comment

अमेजन मालिक बेजोसको सम्पत्ति डेढ खर्ब डलर पुग्यो


विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोसको सम्पत्ति डेढ खर्ब डलर पुगेको छ ।

अमेजनका मालिक बेजोसको सम्पत्ति पछिल्लो १२ महिलामा ६० अर्ब डलरले बढेर डेढ खर्ब डलर पुगेको ब्लुम्बर्गको अर्बपति सूचकांकले देखाएको छ ।

यो सँगै बेजोस इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्पत्ति सन् १९९९ मा १ खर्ब डलर पुगेको थियो । अहिलेको मूल्यको आधारमा त्यो सम्पत्ति १ खर्ब ४९ अर्ब डलर हुने मूल्यांकनका आधारमा बेजोसले बिल गेट्सको किर्तिमान भंग गरेको बीबीसीले उल्लेख गरेको छ ।

गेट्स अहिले विश्वका अर्वपतिहरुको सूचिमा दोश्रो स्थानमा रहेका छन् । उनको सम्पत्ति ९५ अर्ब डलर रहेको छ । तर स्मरणीय कुरा के छ भने उनले सन् १९९६ यता परोपकारी कार्यका लागि २ अर्ब ९० करोड डलर नगद तथा ७० करोड डलर मूल्य बराबरको माइक्रोसफ्ट कम्पनीको शेयर दान गरेका छन् । ब्लुम्बर्गका अनुसार गेट्सले आफु र पत्नीको नाउँमा रहेको बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनलाई उक्त रकम दान गरेका हुन् ।

हुनत आफ्नो सम्पत्ति परोपकारी तथा अन्वेषणको कार्यमा लगाउने मामिलामा बेजोस पनि कम छैनन् । उनले अबदेखि हरेक वर्ष १ अर्ब डलर बराबरको अमेजनको शेयर बिक्रि गरी उक्त रकम ब्लु ओरिजिन नामक परियोजनमा खर्चिने जनाएका छन् । बेजोसले व्यवसायिक अन्तरीक्ष यात्राको विकास गर्नका लागि उक्त परियोजना सुरु गरेका हुन् ।

स्मरण रहोस् सन् २०१७ को जुलाई बिल गेट्सलाई उछिन्दै बेजोस पहिलोपटक विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । अमेजनको शेयर मूल्यमा केही गिरावट आउँदा एकपटक दोश्रो स्थानमा झरेका बेजोस त्यसपछि भने पछाडि फर्किनुपरेको छैन ।

यसैबीच अमेजन मालिक बेजोसको सम्पत्ति डेढ खर्ब पुगेको समाचार आइरहेको बेला युरोपमा भने अमेजन कम्पनीका कर्मचारीहरुले आन्दोलन थालेका छन् । कार्यवातावरण राम्रो नभएको र कम्पनीले काम अनुसारको पारिश्रमिक नदिने गरेको भन्दै जर्मनी, स्पेन पोल्याण्डका अमेजन कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उता अमेजनले भने आफ्ना कर्मचारी तथा कामदारहरुलाई राम्रो पारिश्रमिक दिइरहेको भन्दै स्थायी कर्मचारीहरुले दुईवर्षको सेवा पश्चात् प्रतिघण्टा १२.२२ युरो पारिश्रमिक पाउने गरेको जनाएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment