Comments Add Comment

गाउँलेले किन मारे ३ सय गोही ?


मान्छे जब रिसले चूर हुन्छ, तब जघन्य अपराध गरेको पनि भेउ पाउँदैन । इण्डोनेसियामा हालै भएको एक घटनाले यो पुष्टि गरेको छ ।

इण्डोनेसियाको पपुवा प्रान्तमा स्थानीय मानिसहरुले झण्डै ३ सय गोहीलाई एक चिहान बनाएका छन् ।

शनिवार भएको यस घटनाले वन्यजन्तु अधिकारकर्मीहरु स्तब्ध बनेका छन् । गाउँलेको प्रतिशोधमा परी २ सय ९२ गोहीले ज्यान गुमाउनु परेको छ ।

गोहीको आक्रमणमा परी एक जना मानिसको ज्यान गएपछि गाउँलेहरु गोहीमाथि खनिएका हुन् ।

घटना अनुसार गाईवस्तुलाई घाँस काट्नका गएका एक व्यक्ति शनिवार घाँस काट्दा काट्दै गोही भएको पोखरीमा खसे । त्यसपछि गोहीले उनको खुट्टा खाइदियो र अन्ततः ती मानिसको मृत्यु भयो । गोहीको आक्रमणमा परी एक गाउँलेको ज्यान गएको समाचार गाउँभरी फैलियो । मृतकको अन्तिम संस्कार गरियो । अन्तिम संस्कारपछि गाउँलेहरु यति क्रोधित बने कि तरबारलगायतका धारिला हतियार लिएर स्थानीय गोही प्रजनन फार्ममा पुगे । मानिसहरुले अन्धाधुन्ध फार्मको पोखरीमा पालिएका गोहीमाथि धारिला हतियार प्रहार गर्न थाले । गाउँलेहरुको आक्रमणबाट २ सय ९२ गोही मरे । स्मरण रहोस् संकटापन्न प्रजातिका गोहीको संरक्षणका लागि उक्त फार्ममा २०१३ देखि गोही पालिँदै आएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment