Comments Add Comment

नेप्सेको साइटमा समस्या : एक घण्टामा एक करोडको मात्रै कारोबार

२ साउन, काठमाडौं । अनलाईन सेयर कारोबार शुरु भएको भोली पल्टै बुधबार नेपाल स्टक एक्सचेञ्जको वेवसाइटमा समस्या देखिएको छ । बुधबार कारोबार खुला रहेको संकेत देखिए पनि कुन कम्पनीको कतिमा कारोबार भएको, नेप्से परिसुचक तथा कारोबार रकम केहि पनि देखिएको छैन ।

प्राविधिक समस्याका कारण साइटमा कारोबारबारे देखिन नसकेको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले बताए । हाल प्राविधिक परिचालन गरेर समस्या निराकरण भइरहेको भन्दै चाडै साइटमा देखिएको समस्या हट्ने प्रवक्ता पराजुलीले बताए ।

कारोबार खुला भए पनि मार्केटडेप्थ हेर्न नपाएका कारण लगानीकर्ताहरुमा अन्योलता देखिएको छ । उता हाल केकति कारोबार भयो भन्ने विषयमा आफू बेखबर रहेको प्रवक्ता पराजुली बताउछन् ।

उनले भने, ‘कारोबार भइरहेको छ, तर मैले पनि पनि वेभसाइटमा नै हेर्ने गरेको हुँदा हाल कतिको कारोबार भएको छ भन्ने जानकारी छैन ।’ नेप्सेको साइटमा समस्या आएको भए पनि कारोबार भने भइरहेको ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले अनलाइन खबरलाई बताए ।

ब्रोकर कम्पनीहरुको अर्कै प्रविधिबाट मार्केटडेप्थ हेरेर कारोबार भइरहेको अध्यक्ष रेग्मीले बताए । उनका अनुसार १२ बजेर २३ मिनेट जाँदासम्म नेप्से परिसुचकमा १ दशमलव १९ प्रतिशतले गिरावट आएको छ भने कारोबार रकम पनि कछुवाको गतिमा देखिएको छ ।

उक्त समयसम्म ६६ वटा कम्पनीको ३७ हजार ३ सय ३५ कित्ता सेयर किनबेच हुँदा १ करोड ४४ लाख ५ सय ६९ रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment