Comments Add Comment

मायाको कुरा गर्दै सुनिल र अलिसा


चलचित्र ‘चि मुसी ची’मा समावेश ‘आउ आज मायाको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अल्मोडा उप्रेतीको स्वर रहेको यो गीतमा सुरज अधिकारीको शब्द तथा संगति छ । गीतमा मायाको क्वाइन टस गर्ने कुरालाई उल्लेख गरिएको छ ।

यो चलचित्रको गीतमा मुख्य कलाकार सुनिल क्षेत्री र अलिसा शर्माले नृत्य गरेका छन् भने सुनिल आफैले कोरियोग्राफी गरेका छन् । साउन ११ गतेबाट रिलिज हुने यो चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा सुशान्त कार्की, शिवराज कार्की, शेखर अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङको निर्माता रहेका छन् ।

शिवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रमा अनिल पाण्डे र पि्रन्स यूवराज कार्कीको प्रस्तुती छ । चलचित्रलाई कमेडी थ्रिलर कथामा तयार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment