Comments Add Comment

फोर्ब्सको सुचीमा दुई बलिउड नायक, परेनन् शाहरुख

बलिउडका बादशाह भनिने अभिनेता शाहरुख खान पछिल्ला दिनहरुमा आफ्नो हैसियत गुमाउँदैछन् । केही वर्षयता उनले कुनै पनि ब्लकवस्टर दिन सकेका छैनन् ।

सायद यही कारण हुनुपर्छ प्रख्यात अमेरिकी म्यागजिन फोर्ब्स ले हालै प्रकाशित गरेको विश्वका १०० सेलिब्रिटीको सुचीमा उनी अटाएनन् । पछिल्लो वर्ष सर्वाधिक कमाई गर्ने विश्वका सेलिब्रिटीको सुचीमा बलिउडका अक्षय कुमार र सलमान खान परेका छन् । रोचक यो छ कि सलमानभन्दा अक्षय सुचीमा अगाडि छन् ।

धेरै वर्षदेखि शाहरुख फोर्ब्सको सुचीमा पर्दै आएका थिए । यसपाली उनी बाहिरिँदा अक्षयकुमारलाई ७६ औं र सलमान खानलाई ८२ औं स्थान प्राप्त भएको छ । सन् २०१७ को सुचीमा शाहरुख खान ६५ औं स्थानमा थिए ।

यो वर्ष अक्षय कुमारले ३.०७ अर्ब भारु कमाई गरेको फोब्र्सले जनाएको छ । यो वर्ष उनका दुई फिल्म ट्लवाइलेट एक प्रेम कथा र प्याडम्यानले राम्रो व्यापार गरेका थिए । फिल्मका अलावा उनले २० ब्रान्डको प्रमोसनबाट पनि कमाई गरेका छन् ।

यसैगरी सलमान खानले २.५७ अर्ब कमाएका छन् । फिल्म टाइगर जिन्दा है को सफलताले उनको आम्दानी बढेको हो । यसका साथै उनी कयौं ब्रान्डहरुसँग आवद्ध छन् ।

फोब्र्सको सुचीमा नम्बर एकमा अमेरिकी बक्सर फ्लायड मेवेदर छन् । उनको कमाई १९.४९ अर्ब छ । दोस्रो स्थानमा जर्ज क्लूनी, तेस्रोमा काइली जेनर, चौथोमा जुडी सेइन्डलिन तथा पाचौंमा ड्वेन जोन्सन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment