Comments Add Comment

रुकुममा जीप दुर्घटना, ४ जनाको मृत्यु

दुर्घटनाग्रस्त जीप । तस्वीरः गोपाल रेग्मीको फेसबुकबाट ।

२ साउन, रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डीएसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

घटनास्थलमा रहेका उनले टेलिफोनमा भने ‘अहिले हामी उद्दारकै क्रममा छौं, अहिलेसम्म ४ वटा डेड बडी निकालिएको छ।’

१०/११ जना मानिस चढेको जीप भीरमा सडकदेखि एक सय मिटर तल खसेको उनले जानकारी दिए ।

दुर्घटनास्थलमा उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment