Comments Add Comment

सुन तस्करी रोकिएन, जीब्रोमुनि राखेर अाधा किलो सुन तस्करी

३ भारतीय नागरिक समातिए

फाइल फोटो

२ साउन, काठमाडौं । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले आधा किलो सुनसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राहदानी नं. एम ४१६४८३४ बोकेका फैजन खान, के ९९७२१२३ नं. का एदिल र एस २३१०८९० नम्बरको राहदानी बोकेका सैद मोहमद खसिफ छन् ।

विमानस्थलका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुको साथबाट २/२ वटा कोटको बटम आकारको सुन फेला पारिएको थियो ।

उनीहरुले जीब्रोमुनि लुकाएर सुन कटाउन खोजेका थिए । बरामदपछि तोलिँदा ५ सय ५९ ग्राम सुन रहेको खुलेको थियो ।

उनीहरूले एयर अरबियाको फ्लाइट नम्बर जी ९५३९ बाट यूएर्इको सारजाहबाट त्यो सुन ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका ३ जनालार्इ आवश्यक कारबाहीका लागि विमानस्थलको भन्सार कार्यालयमा पठाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment