Comments Add Comment

कतार एयरवेजलाई स्काइट्रेक्स वर्ल्ड एयरलाइन अवार्डमा चार प्रतिष्ठित पुरस्कार


२ साउन, काठमाडौं । कतार एयरवेजले यस वर्षको स्काइट्रेक्स वल्र्ड एयरलाइन अवार्ड्समा चार प्रतिष्ठित पुरस्कार हात पारेको छ ।  यसअघि नै विभिन्न पुरस्कारहरु जित्न सफल यस एयरलाइनले लण्डनको ल्याङह्याम होटलमा आयोजित यस वर्षको समारोहमा फेरि पनि ‘सर्वोत्कृष्ट बिजनेस क्लास’ द्वारा सम्मानित भएको हो । यससँगै एयरलाइनले कुल छैटौँ पटक तथा लगातार तेस्रो वर्ष यो पुरस्कार जित्न सफल भएको छ ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सञ्चालन अधिकृत इन्जिनियर बदर मोहम्मद अल मीरसँगै समारोहमा पुरस्कार ग्रहण गर्न कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरको उपस्थिति रहेको थियो ।

‘सर्वोत्कृष्ट बिजनेस क्लास’को साथमा कतार एयरवेज लगातार पाँचौ पटक ‘सर्वश्रेष्ठ एयरलाइनः मध्य पूर्वी एसिया’ द्वारा सम्मानित भएको हो । एयरलाइनले हात पार्न सफल थप पुरस्कारहरुमध्ये लगातार दोस्रो पटक ‘सर्वोत्कृष्ट फस्र्ट क्लास एयरलाइन लाउन्ज’ तथा हालचालै सुरुवात भएको बिजनेस क्लास सेवा क्यूसुइटको लागि ‘सर्वोत्कृष्ट बिजनेस क्लास सिट’ रहेका छन् ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत सम्माननीय  अकबर अल बकेरले भने ” कतार एयरवेज छोटो अवधिमा कति अगाडि पुगिसकेको तथ्य यी प्रतिष्ठित पुरस्कारहरुले स्पष्ट पार्दछन् । मात्र २० वर्षको समयमा हामी एक स्थानीय वाहकबाट अभिनव प्रविधि तथा यात्रुहरुलाई सर्वश्रेष्ठ सेवा प्रदान गर्न प्रतिबद्ध एक विश्वव्यापी एयरलाइन बन्न सफल भएका छौँ । क्यूसुइटको सुरुवातसँगै हवाईसेवाको क्षेत्रमा बिजेस क्लासको एक नयाँ स्तर तय भएको छ ।”

यसै वर्ष कतार एयरवेजले बेलायतमा आˆनो स्थान मजबुत बनाउने क्रममा लण्डन ग्याट्विक एवं कार्डिफ विमानस्थलसम्मको सेवा सुरु गरेको हो । आगामी वर्ष यस एयरलाइनले टेलिन, एस्टोनिया, भ्याल्लेट्टा, माल्टा, सेबु र डभाओ, फिलिपिन्स, लाङ्कावी, मलेसिया, र डा नाङ, भियत्नाम जस्ता गन्तव्यहरू आफ्नो नेटवर्कमा थप्ने घोषणा पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment