Comments Add Comment

कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजीनामा माग्छौं : पौडेल

२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारले कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजीनामा माग्ने चेतावनी दिएका छन् ।

यसअघि सरकारको नीति तथा कार्यक्रममा साथ दिएको र सय दिनको अवधिमा कुनै विरोध नगरेको भन्दै यसलाई कमजोरी ठानेमा राजीनामा माग्ने चेतावनी दिएका हुन् ।

‘नीति तथा कार्यक्रममा हामीले ताली पिट्यौं तर प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो यो समर्थनलाई कमजोरी ठान्नुभयो, प्रधामन्त्रीले दुई तिहाईको दम्भ देखाउनुभयो, त्यसैले सरकारकै कारण हामी आज सडक र सदन दुवै ठाउँमा संघर्षमा उत्रिन बाध्य भएका छौं’ उनले भने ।

संविधानको ‘कमा’ र ‘फुलस्टप’ पनि परिवर्तन गर्न हुँदैन भन्ने प्रधानमन्त्री ओली र संविधानको पुनर्लेखन गर्नुपर्छ भन्ने उपेन्द्र यादव मिल्नु आश्चर्यजनक भएको बताए । उनले थपे,’केपी ओली र उपेन्द्र यादव किन मिल्नुभयो ? यो विषय पारदर्शी हुनुपर्छ ।’

माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नु, डा. गोविन्द केसीको माग संबोधनमा गम्भीर नदेखिएको, माथेमा आयोगको प्रतिवेदन अनुसार अध्यादेश ल्याउने सहमति विपरीत तोडमोड गरेको पनि नेता पौडेलले बताए ।

सभामुख र उपसभामुख एउटै दलबाट बन्नु संविधान विपरीत भएको भन्दै उक्त कदम तुरुन्त सच्याउनुपर्ने उनको जोड थियो । ‘हामीलाई सरकारको कब्जाको रणनीति मान्य छैन’उनले भने,’सरकारको एउटा निर्णयले आज हजारौंलाई असर परेको छ, अघिल्लो सरकारले नियुक्ति गरेका सबै कुरा खारेज गर्ने कुराले के देखाउँछ भने सरकारमा दुई तिहाइको दम्भ बढी भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment