Comments Add Comment

रोरा नदीमा डुबेर दुई बालिकाको मृत्यु

मृतक बालिकाको घरमा स्थानीयको भीड ।

२ साउन, कैलाली । नुहानउने क्रममा रोरा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका-२ बघौराका अन्दाजी १२/१३ वर्षका संगीता ढकाल र पुष्पा धमलाको र मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

उनले प्रहरी गस्तीका क्रममा सोही क्षेत्र भएर गैरहेकेा अवस्थामा स्थानीयहरुले बालिका डुबेको खबर गरेपछि प्रहरीले उद्दार गरी लम्कीमा रहेको लालरत्न अस्पताल पुर्‍याएका थिए । तर, डाक्टरले दुबै बालिकालाई मृत घोषणा गरेका थिए ।

बालिकालाई आफन्तहरुले आफूसँगै लिएर गएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उनले दुबै बालिकाको शव पोष्टमार्टमपछि मात्रै परिवारको जिल्ला लगाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment