Comments Add Comment

नारायणको उपचारका लागि जुट्यो दुई लाख ६४ हजार

२ साउन, डोटी । करेण्ट लागेर दुवै हात गुमाएका नारायण खड्काको उपचारका लागि दुई लाख ६४ हजार ६ सय ३० रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या आएको समाचार असार २९ गते अनलाइनखवरमा प्रकाशन भएपछि उनको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न लागिएको हो ।

आर्थिक संकलनका क्रममा हालसम्म बिभिन्न समूहले सहयोग गरिरहेको उनका आफन्त होटेल व्यवसायी संघ डोटीका अध्यक्ष एवं आर्थिक संकलन अभियानका सुरुवातकर्ता दिपकवहादुर खड्काले वताए । उनले आफ्नै नेतृत्वमा एक लाख २४ हजार सात सय ४५ रुपैयाँ संकलन भएको बताए ।

खड्काले संकलन गरेको रकममध्ये ६७ हजार नौ सय ९५ पीडित नारायण खड्काकी श्रीमती कौसिल्ला बोगटीको नाममा राष्ट्रिय बाणिज्य बैङ्क सिंहदरवार, काठमाडौं शाखामा खोलिएको खातामा जम्मा गरिएको छ भने बाँकी रकम उपचारका क्रममा काठमाण्डौंमा रहेका नारायणका जेठा वुवाका छोरा योगेन्द्र खड्काको नाममा रहेको खातामा जम्मा गरिएको छ ।

कौसिल्लाको नाममा खाता खोल्नु पूर्व संकलन भएको रकम योगन्द्रको नाममा पठाईएको खड्काले वताए ।

यस्तै निर्माण व्यवसायी संघ डोटीका प्रथम उपाध्यक्ष रमेशबहादुर खडायतको पहलमा एक लाख २२ हजार दुई सय रुपैयाँ संकलन भएको छ ।

स्थानीय समाजसेवी गणेश भट्ट र नयनवहादुर खड्का लगायतको सहयोगमा संकलन गरिएको उक्त रकम कौसिल्लाको खातामा जम्मा गरिएको खडायतले वताए ।

यस्तै खप्तड युवा समाज काठमाण्डौंले १५ हजार ६ सय ८५ रुपैयाँ संकलन गरेको छ । यस्तै हर्क देउवा र योगेन्द्र कठायतले एक/एक हजार रुपैयाँ खातामा जम्मा गरिदिएका छन् ।

बिद्युतको स्पेर पोल झिक्ने क्रममा असार १९ गते पोल ढल्न गई करेण्ट लागेर गम्भिर घाईते भएका आदर्श गाउपालिका-१ का २६ बषर्ीय नारायण खड्का काठमाण्डौंका किर्तिपुर अस्पतालमा उपचाररत छन् ।

उनका दुवै हात काम नगर्ने भएपछि काटिएका छन भने ढाडका शल्यक्रिया भएको छ । उनको टाउको र खुट्टमा समेत समस्या रहेको छ ।

उक्त घटनामा स्थानीय चार युवाहरुले घटनास्थलमै ज्यान गुमाएका थिए भने नारायण घाइते भएका थिए ।

समाचार प्रकाशन भएपछि आर्थिक सहयोग संकलन गर्न सहज भएको दिपक खड्काले वताए । उनले विदेशबाट समेत सहयोग गर्ने आश्वासन आईरहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment