Comments Add Comment

नेविसंको असन्तुष्ट समूहले खोल्यो कार्यालय

२ साउन, काठमाडौं । नेविसंघको असन्तुष्ट पक्षले बुधबार १२ औं महाधिबेशन तयारीको लागि भन्दै कार्यालय स्थापना गरेको छ ।

बहुमत सदस्य आफ्नो पक्षमा रहेको दावीसहित यसअघि नै यही साउन २३ देखि २५ का लागि महाधिबेशन घोषणा गरेको समूहले शंकरदेव क्याम्पस अगाडि कार्यालय स्थापना गरेर काम सुरु गरेको हो ।

प्रकाश रानाको अध्यक्षतामा गठन भएको महाधिबेशन तयारी समितिले महामन्त्री कुन्दनराज काफ्ले उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नवीन राई लगायत नेताकार्यकर्ताको उपस्थितिमा कार्यालय स्थापना गरेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

१२९ जना सदस्यहरु मध्ये दुई तिहाई संख्याले महाधिबेशन घोषणा गरेर तयारी थालिएको अर्का केन्द्रीय सदस्य अनिलबहादुर शाहीले  बताए ।

असन्तुष्ट पक्षले अध्यक्ष नैनसिंह महरले महाधिबेशन गर्न नचाहेको आरोप लगाउँदै महाधिबेशन नै घोषणा गरेका थिए । तर, अध्यक्ष समूहले पनि यही साउन ५ गते तयारीका लागि भन्दै केन्द्रीय समितिको बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment