Comments Add Comment

५३ लाख भारतीय रुपैयाँसहित रुपन्देहीमा ४ जना पक्राउ

२ साउन बुटवल । प्रहरीले ५३ लाख भारतीय रुपैयाँ सहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देही रोहीणी गाउँपालिका ५ बस्ने बर्ष ५४ को दुधनाथ योगी, सिद्दार्थनगर नगरपालिका २ बस्ने ३७ वर्षका गणेश थापा, बुटवल उपमहानगरपालिका १६ बस्ने ४२ वर्षका हेमराज कठरिया र सिद्धार्थनगर नगरपालिकाका ३८ वर्षका राजु बुढाथोकी रहेका छन् ।

मंगलबार राति सिद्धार्थनगर १३ स्थित हृवाइट लोटस होटलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

होटलको १०७ नम्बर कोठामा खानतलासी गर्दा झोलामा पुरानो भारु एक हजार दरका २,६५० र पाँच सय दरका ५,३०० गरी ५३ लाख रुपैयाँ भारु बराबरको रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकृत, प्रहरी नायव उपरीक्षक कुमुद ढुङ्गेलले जानकारी दिए ।

उनीहरुमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान बिभाग, हरिहर भवन पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment