Comments Add Comment

६ महिनामा भित्रिए ५ लाख २० हजार पर्यटक


२ साउन, काठमाडौं । नयाँ अंगेजी बर्षको पहिलो ६ महिनामा नेपाल आउने पर्यटकको सख्यामा वृद्धि भएको छ । पछिल्लो छ महिनाको तथ्यांकअनुसार सन् २०१८ को पहिलो ६ महिनामा २०१७ को तुलनामा १३ प्रतिशतले वृद्धि भएको हो ।

सन् २०१७ को पहिलो ६ महिनामा ४ लाख ६० हजार २ सय ३७ पर्यटक आएका थिए भने यो वर्षकोे पहिलो ६ महिनामा ५ लाख २० हजार १४ जना पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार पहिलो ६ महिनामध्ये मार्चमा सबैभन्दा बढी पर्यटकको आगमन भएको छ । सन् २०१७ मार्च महिनामा १ लाख ६ हजार २ सय ९१ पर्यटक आएका थिए भन गत मार्चमा १ लाख २५ हजार १ सय १६ जना घुम्नका लागि आए ।

त्यस्तै २०१८ को जनवरीमा ७३ हजार ५ सय १५, फेबु्रअरीमा ९० हजार २ ८७, अपि्रलमा ९८ हजार ६ सय ५०, मे मा ६८ हजार ८ सय २५ र जुनमा ६५ हजार १ सय ५९ विदेशी पर्यटकको आगमन भएको छ । यो पहिलो ६ महिनाको तथ्यांकअनुसार नेपाल आउने पर्यटकको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।

भारतबाट ९६ हजार ३ सय ६८ जना आएको छन् भने त्यसपछि चीन, अमेरिका लगायतका दशेबाट बढी आएका छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी भन्छन्,’अहिले यो पर्यटकको आगमन बृद्धी निकै उत्साहजनक छ । विगत लामो समयदेखि हेर्ने हो भने नेपाल घुम्न आउने पर्यटकहरुको रोजाई यो समयलाई कमजोर सिजन मानिन्छ ।’

नेपाल पर्यटन बोर्ड र सरोकारवाला निकायले बिगत केही वर्षदेखि छिमेकी लगायतका केही देशहरुका पर्यटन सम्बन्धी अभियान नै चलाएका थिए । ‘यो सिजनमै उल्लेखनीय रुपमा यसरी पर्यटक आउनु निकै उत्साहजनक हो, उनले भने,’अब मुख्य सिजनमा अझै बढी मात्रा पर्यटक आउने अनुमान छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment