Comments Add Comment

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, खुल्न समय लाग्ने

फाइल फोटो

३ साउन, चितवन । पहिरोले नारायणगढ—मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा बिहीबार बिहान करीव ५ः३० बजे खसेको पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।

पहिरो ठूलो भएकोले पन्छाउन केही समय लाग्ने उनको भनाइ छ । गएराति सो क्षेत्रमा ठूलो पानी परेकोले पहिरो गएको हो ।

‘पहिरो ठूलो खसेको छ । एकतर्फी खुलाउन अझै २ घण्टा लाग्छ’, गौतमले अनलाइनखबरसँग भने, ‘दुई तर्फी खोल्न पाँच–छ घण्टा लाग्ने अनुमान छ ।’

सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण यो सडकखण्डमा पहिरो जाने रसडक भाँसिने समस्या देखिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment