Comments Add Comment

८ सय चक्की नाइट्राजेपामसहित महाेत्तरीबाट २ जना पक्राउ


३ साउन, काठमाडौं । सशस्त्र प्रहरीले लागू औषधसहित २ जनालाई महोत्तरीबाट नियन्त्रणमा लिएको छ ।

सशस्त्रका प्रहरी निरीक्षक प्रकाश भट्टको नेतृत्वको खटिएको टोलीले जलेश्वर नगरपालिका–३ स्थित मलिबरा बसपार्कबाट बिहीबार राति उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा डडेल्धुरा अमगरगढी नगरपालिकाका सुरेन्द्र ऐर र मोरङ उर्लाबारीका प्रशान्त पाण्डे छन् ।

उनीहरुको साथबाट प्रहरीले नाइट्राजेपाम ८ सय चक्की बरामद गरेकाे छ ।

प्रहरी निरीक्षक भट्टका अनुसार पक्राउ परेका दुवै जनालाई अहिले आवश्यक कारबाहीका लागि मजकुर कार्यालय पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment