Comments Add Comment

शिवमको आईपीओ निस्काशन साउन ११ देखि

३ साउन, काठमडौं । शिवम् सिमेन्टले आगामी १३ गतेदेखि आईपीओ निस्काशन गर्ने भएको छ । बिहीबार आह्वान पत्र सार्वजनिक गर्दै शिवम्ले आगामी १३ गतेदेखि भदौ ११ गतेसम्म आइपीओ निस्काशन गर्ने जानकारी दिएको हो ।

कम्पनीले पहिलो चरणमा मकवानपुरका बासिन्दाहरूका लागि आईपीओ निस्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रको लागि ८ लाख ८० हजार कित्ता साधारण सेयर निस्काशन गर्न लागेको हो ।

आईपीओका लागि न्युनतम १० देखि अधिकतम १० हजार कित्ता आवेदन दिन पाइने कम्पनीले बताएको छ ।

कम्पनीको आईपीओका लागि एक सय रुपैयाँको साधारण सेयरमा २ सय रुपैयाँ प्रिमियम थप गरेर ३ सयका रुपैयाँका दरले आईपीओ निष्कासन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment