Comments Add Comment

शिक्षण अस्पतालमा तनाव, सेवा बन्द गर्नेबारे चिकित्सक विभाजित


३ साउन, काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीहरुबीच झडप भएको छ । बिरामीको उपचार सेवा बन्द गर्ने र खुलाउने विषयलाई लिएर स्वास्थ्यकर्मीहरुबीचमै विवाद भएको हो ।

चिकित्सकहरुको साझा संगठन नेपाल मेडिकल एशोसिएसन (एनएमए)ले डा. केसीको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था बन्दको आह्वान गरेको छ । तर वामपन्थी दलनिकट चिकित्सक संगठन र नेपाल नर्सिङ संघ भने उपचार सेवा बन्द गर्न नहुने पक्षमा खुलेका छन् । चिकित्सक संघको नेतृत्वमा कांग्रेस समर्थक स्वास्थ्यकर्मीको वर्चश्व छ ।

डा. गोविन्द केसी कार्यरत त्रिवि शिक्षण अस्पतालमै उपचार बन्द गर्ने कि नगर्ने भन्नेबारे बिहानैदेखि दुई पक्षका चिकित्सकहरु बीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा झडपको अवस्था सिर्जना भएको चिकित्सकहरुले बताए ।

सोही क्रममा त्यहाँ कार्यरत नर्स तथा आवासीय चिकित्सकहरुबीच सामान्य हात हालाहाल भएको थियो ।

विवादपछि अवस्था नियन्त्रणमा लिन अस्पताल परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अस्पताल परिसरमा दुई थरी चिकित्सकको आन्दोलन हुदाँ विरामीहरु भने मारमा परेका छन् ।

यसैबीच, वीर अस्पतालमा पनि स्वास्थ्यकर्मीहरुको हडतालको प्रभाव परेको छ । ओपीडी सेवा बन्द भएपछि बिरामी र तिनका आफन्तले बिहीबार बिहान टिकट काउन्टरमा तोडफोड समेत गरेका थिए ।  अवस्था तनावग्रस्त भएपछि प्रहरी समेत परिचालन गर्नुपरेकाे थियो । अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment