Comments Add Comment

एसईईमा सहभागी २५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान

३ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजनाअन्तर्गत २०७४ सालको माध्यामिकशिक्षा परीक्षा (एसईई) मा सहभागी भई उच्चशिक्षाको तयारीका लागि विभिन्न ६९ वटा ईन्स्टिच्युटमा बि्रज कोर्ष गरीरहेका २५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ ।

एनसेलले गतवर्षको चैत्र महिनामा ‘पहिलो सिम’ योजनाल्याएको थियो । योजनाअन्तर्गत बि्रज कोर्स कक्षा संचालन गरीरहेका विभिन्न ६९ इन्स्िटच्युटमा अध्ययनरत ३ देखी ७ उत्कृष्ट विद्यार्थी गरी जम्मा २५८ उत्कृष्ट विद्यार्थीलाई रु ५००० राशीको आंशिक छात्रवृति प्रदान गरेको हो । ईन्स्टिच्युटले विभिन्न समयमा लिएको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले आंशिक छात्रवृति प्राप्त गरेका हुन् ।

२०७४ सालका एसईई परीक्षार्थीलाई लक्षित गर्दै ल्याईएको ‘पहिलो सिम’ योजनामा छात्रवृत्तका लागि उत्कृष्ट विद्यार्थी छनौट तथा छात्रवृत्ति प्रदान गर्नका लागि एनसेलले बि्रज कोर्ष संचालन गर्दै आएका विभिन्न इन्स्टिच्युटहरुसँग सहकार्य गरेको थियो ।

एनसेलले पहिलो सिम योजना संचालनगर्दै एसईर्ई दिएका विद्यार्थीलाई बि्रज कोर्ष अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको यो दोश्रो बर्ष हो । यस अघि कम्पनीले २०७३ सालको एसईई परिक्षादिई विभिन्न ४२ वटा ईन्स्टिच्युटमा तयारी कक्षामा अध्यनन गरेका १२६ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको थियो ।

माध्यामिक श्ािक्षा पछिको उच्च शिक्षा अध्ययनका लागि तयारी कक्षामा मिहेनत गरीरहेका विद्यार्थीको मिहेनत तथा उत्कृष्ट नतिजालाई सम्मान गर्ने उद्देश्य लिई पहिलो सिम योजनामा छात्रवृत्ति प्रदानगरिएको एनसेलले जनाएको छ । साथै योजनामा परीक्षार्थीले प्राप्तगर्ने सिमले उनीहरुको सञ्चार आवश्यकतालाई सम्बोधन गर्दै आफ्ना साथीभाई तथा परिवारजनसँग सहज सम्पर्कमा रहन मद्दत गर्ने कम्पनीको विश्वास छ ।

गत बर्षको चैत्र १९ देखि असार १८, २०७५ सम्म संचालनमा रहेको प्हिलो सिम योजनामा एनसेलले २०७४ सालका एसईई परीक्षार्थीका लागि मात्र रु १ मा एनसेलको पि्रपेड सिमकार्ड, आईˆलिक्स भिडियो स्टि्रमिङ्ग सुविधा, ३० दिन सम्म निःशुल्क माइफाइभ सेवालगायत विशेष तथा सुलभ डेटा प्याक र हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको आकर्षक अफर उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment