Comments Add Comment

जहाँ १ सय ३० लिटर कच्चा तेलले नुहाउँछन् मानिसहरु

विश्वमा अनेक खालका मान्यता, विश्वास, परम्परा तथा क्रियाकलापहरु हुन्छन् । आफ्नो जिउ स्वस्थ राख्नका लागि मानिसले देखे–सुने–जाने सम्मका अनेकन उपाय अपनाउन पछि पर्दैन । कतिपयले जिउ स्वस्थ राख्न चिकित्सा विज्ञानको सहारा लिन्छन् त कतिपयले अन्धविश्वासको अनि कतिले आयुर्वेदको ।

अजरबैजान भन्ने देशको एउटा सहरमा चाहीँ दुनियामा कहीँ नभएको शैली अपनाइन्छ स्वस्थ रहने उपायको खोजी गर्दै । त्यहाँका मानिसहरुले जिउ स्वस्थ राख्न भन्दै कच्चा तेलले नुहाउने गर्दछन् ।

नाफतलान नामक उक्त सहरमा एउटा यस्तो हेल्थ सेन्टर रहेको छ जसले कच्चा तेलले नुहाइदिएर विरामीको उपचार गर्दछ ।

बिरामीहरुलाई कच्चा तेलले भरिएको बाथटबमा पसेर नुहाउन लगाइन्छ । स्मरण रहोस् अजरबैजान तेल निर्यात गर्ने एउटा प्रमुख देश हो ।

उक्त स्वास्थ्यकेन्द्रमा छाला, नशा तथा बाथका रोगीहरु पनि उपचारका लागि टाढा टाढाबाट आउने गर्दछन् ।

कच्चातेलले भरिएको बाथटबमा डुबुल्की मारेर नुहाउनुका अलावा यहाँ अन्य विधिहरु पनि छन् ।

तर ४० डिग्री सेल्सियस तापक्रममा १ सय ३० लिटर कच्चा तेलले भरिएको बाथटबमा बिरामीलाई चोपलेर गरिने उपचार चाहीँ सबैभन्दा धेरै लोकप्रिय छ ।

त्यहाँ दैनिक ७० जना विरामीको उपचार गरिने र रुस, कजाकिस्तान तथा जर्मनी लगायतका देशबाट समेत मानिसहरु उपचारका लागि आउने बताइन्छ । तातो तेलमा नुहाउँदा आफ्नो हड्डी तथा छाला सम्बन्धी समस्याहरु निको भएको मानिसहरुको अनुभव रहने गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment