Comments Add Comment

एनअारएन कतारले निःशुल्क स्वास्थ्य शिविर गर्दै

दोहा / गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले एक दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

गत ८ जुन का दिन समितिको पाँचौ पूर्ण बैठकको निर्णय अनुसार संस्थाको सुरक्षा तथा जनचेतना अभिवृद्धि समितिको सक्रियतामा दोहाको अद्यौगिक क्षेत्र सनैयामा रहेको कान्तिपुर मेडिकल सेन्टरसँगको सहकार्यमा जुलाई २७ तारिकका दिन निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने भएको हो ।

२७ तारिक शुक्रबारको बिहान ८ बजेबाट सुरु हुने स्वास्थ्य शिविरमा कतारमा रहेका नेपाली संघ संस्थाहरु र कतारमा कार्यरत नेपालीहरुलाई उपस्थिति भैइ शिविरबाट लाभ लिनको लागि परिषद् कतारले अनुरोध गरेको छ ।

शिविरमा ब्लड प्रेसर (रक्तचाप) जाँच, मधुमेह (सुगर) जाँच , बीएमअाइ जाँच, दातको जाँच गर्नुको साथै विशेषज्ञ द्वारा अन्य स्वास्थ्य जाँच गरिने परिषद् कतारका प्रवक्ता अशोक तामाङ्ले जानकारी गराएका छन् ।

उक्त दीन जाँचपछि उपचार गर्नु परेमा २० देखि ५० प्रतिशतसम्मको छुटको व्यवस्था पनि रहेको जानकारी गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment