Comments Add Comment

चिकित्सा शिक्षा विधेयक फिर्ता हुन्न, संशोधनको बाटो खुला छः शिक्षामन्त्री

३ साउन, काठमाडौं । सरकारले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता नहुने प्रष्ट पारेको छ ।

जुम्लामा २० दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीले भने विधेयक फिर्तालाई पहिलो शर्त बनाएका छन् । उनलाई काठमाडौं ल्याउन सरकारले बिहीबार नेपाली सेनाको हेलिकोप्टर पठाएको छ तर, डा. केसीले आउन मानेका छैनन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताए । तर, आफू एक्लैले विधेयक फिर्ता लिन नसक्ने बताए ।

मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘बाहिर वार्ता गरेर विधेयक फिर्ता हुँदैन । संसदको बाटोबाट सच्याउन र परिस्कृत गर्न हामी तयार छौं ।’

उनले कांग्रेसले भने जस्तो चिकित्सा शिक्षा अध्यादेशको हुबहु अब आउन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment