Comments Add Comment

‘पण्डित बाजेको लौरी’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया


भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘पण्डित बाजेको लौरी’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । दिपक ओलीको निर्देशनमा तयार भएको यो चलचित्रको चाबहिलस्थित एफक्यूब हलमा प्रिमियर गरिएको थियो ।

फरक कथावस्तु उठान गरेको यो चलचित्रलाई सबैले खुलेरै तारिफ गरेका छन् । चलचित्रको प्रतिक्रियाले आफूलाई खुशी बनाएको निर्देशक ओलीले बताए ।

चलचित्रले समाजमा ठूलो जातको संझने पण्डित र बदिनीको कथालाई उठान गरेको छ । नेपाली चलचित्रमा खासै उठान नभएको बिषयलाई कमेडी शैलीमा चलचित्रले उठान गरेको छ ।

चलचित्र ‘पण्डित बाजेको लौरी’मा दुई अर्थ लाग्ने शब्द धेरै प्रयोग गरिएका छन् । तर, ती शब्द भल्गर नलाग्ने प्रतिक्रिया पत्रकारहरुले दिएका छन् ।

चलचित्रमा प्रविण खतिवडा, भोलाराज सापकोटा, बिजय बराल, सन्ध्या केसी, मरिष्का पोखरेल, प्रमोद अग्रहरि लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि नायिका केसीको आँखाबाट आँशु झरेको थियो । चलचित्रलाई थमनकुमार भण्डारीले निर्माण गरेका हुन् । चलचित्रमा कथा, पटकथा तथा संवाद महेश दवाडीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment