Comments Add Comment

‘लस्ट स्टोरीज’मा पहिलोपटक स्वीमसुट लगाइन् मनिषाले


नेपाली नायिका मनिषा कोइराला बलिउडमा पनि आफ्नो स्थान बनाउनका लागि संघर्षरत छिन् । कुनै बेला चर्चित बलिउड नायिकाको सुचीमा पर्ने उनलाई आफ्नो दोस्रो इनिङमा कम्ति कठिनाई भने छैन ।

४७ वषिर्या मनिषालाई कसैले नायिकाको अफर गर्ने सम्भावना छैन । त्यसैले उनले नायक वा नायिकाको आमाको भूमिकामा आफूलाई स्थापित गर्नु एक मात्र विकल्प हो । बहुचर्चित फिल्म सञ्जुमा मनिषाले सञ्जय दत्तकी आमाको भूमिका निभाएकी छिन् जुन छोटा भए पनि महत्वपूर्ण छ । सञ्जुको सफलतापछि मनिषा आगामी दिनमा अझ व्यस्त हुने अनुमान गरिएको छ ।

सञ्जुपछि मनिषाको आगामी फिल्म हो, ‘लस्ट स्टोरीज’ । सेक्सको वरिपरी घुमेको यो खासै गतिलो फिल्म भने होइन । मनिषाले यसमा एक आमाको भूमिका निभाएकी छिन् । र, आमा बनेकी मनिषाले फिल्ममा स्वीमसुट पनि लगाएकी छन् । विगतमा हिरोइन हुँदा कहिल्यै स्वीम सुट नलगाएकी मनिषा यो उमेरमा किन बाध्य भइन् ? त्यसको जवाफ उनैले दिएकी छन् ।

‘मैले सुरुमा स्वीम सुट लगाउन चाहेकी थिइनँ,’ मनिषा भन्छिन्, ‘तर, निर्देशक दिवाकर बेनर्जीले मलाई कन्भिन्स गर्नुभयो ।’ मनिषाका अनुसार दर्शकले उनलाई पहिलोपटक स्वीमसुटमा देख्न चाहन्छन् भनेर कन्भिन्स गरेका थिए ।

त्यसो त यस फिल्ममा ‘रिना’ को बोल्ड क्यारेक्टर गर्नलाई पनि उनलाई खासै इच्छा थिएन । तर, हातमा कुनै फिल्म नभएपछि उनले आफूलाई व्यस्त देखाउन यो फिलम गरेकी हुन् । अन्यथा मनिषा सी ग्रेडकी हिरोइन होइनन् ।

फिल्ममा आफ्नो पुनरागमनलाई लिएर मनिषा भन्छिन्, ‘म एक अर्थमा भाग्यमानी हुँ, किनकी मैले निर्माता-निर्देशकको दैलो नचाहारिकन राम्रा फिल्महरु पाउँदै आइरहेकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment