Comments Add Comment

‘गरिखानेको नाममा’ पुस्तकमाथि प्राज्ञिक बहस


पुस्तकको नाम, ‘गरिखानेको नाममा ।’ पुस्तकका लेखक हुन्, विष्णु रिमाल । प्रधानमन्त्री केपी ओलीका सल्लाहकार भन्दा पनि पुस्तक लेखकको रुपमा पेश भए यसपाली, लेखनकुञ्जमा । थापागाउँस्थित लेखनकुञ्जको प्रेक्षालयमा ‘गरिखानेको नाममा’ लिएर उनी पेश भएका थिए ।

त्यही पुस्तकमाथि प्रज्ञिक वहस गर्न मेलोमेसो मिलाइएको थियो । वहसमा विभिन्न विषयमा विद्यावारिधी गरेका प्राज्ञहरुको उपस्थिती थियो ।
आत्मपरक शेलीमा लेखिएको पुस्तकमाथि डा. नवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डक्टर सुनिलबाबु श्रेष्ठ, त्रिवीका प्राध्यापक डा तारानिधी भट्टराई, घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल, डा. पदम कोलेनी, डा. बालचन्द्र मिश्र, डा पदम खतिवडा आदिले पुस्तकमाथि विमर्श गरेका थिए ।

डा. खतिवडाले सामान्य मान्छेलाई राजनेता बनाउन पुस्तक उपयोगी भएको भन्दै ‘पुस्तक सामान्य ढुंगालाई कलाकारले मुर्ति देखे जस्तै राजनेताले र नीतिले त्यस्तै देख्ने यो पुस्तकले बताएको छ’ बताए ।

त्रिबीका प्राध्यापक एवम डक्टर तारानीधि भट्टराईले आफुले नीति निर्माणको काममा जाँदा यो पुस्तक साथै लिएर जाने बताउदै गरिखानेका नाममा राजनीति गर्नेलाई बहुमुल्य उपहार रहेको बताए । कार्यक्रम आयोजक संस्था घोष्ट राईटिंग नेपालका अध्यक्ष कमल ढकालले गरिखानेको नामम पुस्तकले गरिखानेले गरिखान पाए कि पाएनन्, पाउछँन् कि पाउदैनन् यो आफैमा प्रश्न बनेकोले यो कार्यक्रम आयोजना गरिएको बताए । साथै यो कार्यक्रम भावी पुस्ताको लागि दिशाबोध भएको बताए ।

डक्टर पदम कोलेनीले आत्मपरक शैलीमा लेखिएको रिमालको पुस्तकले अशिक्षा बेरोजगारीका भावलाई  जोडेको बताउदै भने पुस्तक आफैमा अमुल्य छ । डक्टर बालचन्द्र मिश्रले पुस्तक सिक्ने सिकाउने चिज हो भने यो यस्तै रहेको बताउनु भयो । अर्का वक्ता डक्टर पदम खतिवडाले उनकै आत्मकथा पढे जस्तो लागे पनि पुस्तकले आजको परिप्रेक्ष्यमा धेरै काम गर्न सक्ने बताए ।

ल्ोखक रिमालले ट्ेड युनियन र श्रम आन्दोलनमा लागेको साथीहरुलाई कुन ठाउमा के बोल्नुपर्छ भन्ने जम्मा गर्दा गर्दै यो पुस्तक बनेको बताए । पुस्तकमा एक सय पच्चिसवटा विम्ब भने खोजी खोजी राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment