Comments Add Comment

मापदण्ड बनाएर मात्रै कर्मचारी सरुवा गर्न ऊर्जामन्त्रीको निर्देशन

३ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनले कर्मचारी सरुवा र खटनपटनका लागि मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

मन्त्रालयका सचिवहरु र मातहतका विभागका प्रमुखहरुलाई सरुवाको मापदण्ड बनाउन निर्देशन दिंदै मन्त्री पुनले त्यसपछि मात्र कर्मचारीको सरुवा गर्ने बताए ।

यस्तै मापदण्ड भएपछि कर्मचारीले पनि समान अवसर पाउने वातावरण हुने भन्दै मन्त्री पुनले भनसुनले काम गर्ने भन्दा पनि सिस्टमले काम गर्नुपर्ने बताए । ‘त्यसो गर्दा अनुचित लाभ र दबावले पनि काम गर्दैन्,’ उनले भने, ‘मापदण्ड बनाएर गर्ने सरुवाले कर्मचारीलाई पनि उत्प्रेरित गराउँछ । सबै कर्मचारीको वृद्धि विकासमासमेत सहयोग पुर्‍याउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment