Comments Add Comment

बुटवलमा कोरा साइक्लिङ्ग च्यालेन्ज हुँदै

३ साउन, बुटवल । प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा बुटवल कोरा २०१८ साइक्लिङ्ग च्यालेन्ज हुने भएको छ ।

साइक्लिङ्गमार्फत नेपालको पहिचान विश्वसामु चिनाउने अभियान थालेका स्वर्गीय नारायण गोपाल मर्हजनको स्मृतिमा साइक्लिङ्ग च्यालेन्ज हुन लागेको हो ।

रुपन्देही जिल्ला साइक्लिङ्ग संघ र साइकिल सिटी बुटवलको आयोजनामा कोरा-२०१८ साइक्लिङ्ग च्यालेन्जमा २ सय साइकलयात्रीहरु सहभागिता रहने साइकिल सिटी बुटवलका सचिव अशोक राईले बताए ।

कार्यक्रमको सबै तयारी पूरा भएको आयोजकले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

साइकिल सिटीका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक पुकार थापाले आम नागरिकसम्म स्वस्थ्य र साइक्लिङ्गको महत्व बुझाउने रुपमा कार्यक्रम गर्न लागेको बताए ।

उनले भने- ‘सामान्य ब्यक्तिले दैनिक ब्यायामका रुपमा साइक्लिङ्ग गर्दा फाईदा मिल्छ,यस्लाई ब्यापक बनाउन जरुरी छ ।’ सोही कार्यक्रममै कोरामा सहभागीहरुका लागि तयार गरिएको टिसर्टसमेत सार्वजनिक गरिएको छ ।

तामाङ्ग भाषामा कोराको अर्थ पवित्र मनदेखि सहयोग जुटाउन गरिने यात्रालाई बुझाउने भन्दै उनले स्वर्गीय महर्जनको सहयोग जुटाउने अभियान थालेको साइकिल सिटी बुटवलका अध्यक्ष धिरेन तुलाधरले बताए ।

श्रीलंकाको जंगलमा रम्बल ईन जंगल साइक्लिङ्ग प्रतियोगितामा भाग लिने क्रममा महर्जनको मृत्यु भएको थियो ।

कार्यक्रममा सहभागिहरुबाट प्रतिब्यक्ति ३ सयका दरले सदस्यता शुल्क राखिएको छ । बुटवलको ट्राफिक चोकबाट साइक्लिङ्ग शुरु हुनेछ र यस्ले बुटवल उपमहानगर हुदै तिलोत्तमा नगरपालिका घुम्दै बुटवलको ऐतिहासिक जितगढी किल्लामा पुगेर समापन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment