Comments Add Comment

जिल्ला प्रशासन कार्यालय गुल्मीमा डिजिटल नागरिक वडापत्र

३ साउन, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले डिजिटल नागरिक वडापत्र सुरु गरेको छ ।

बिभिन्न कामको सिलसिलामा कार्यालयमा आउने सेवाग्राहीलाई तुरुन्तै सेवा दिने उदेश्यले डिजिटल नागरिक वडापत्र सुरु गरिएको हो ।

सेवाग्राहीको सहजताको लागि डिजिटल नागरिक वडापत्र सुरु गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।

प्रशासनको कामलाई छिटो छरितो बनाउने उदेश्यले डिजिटल नागरिक वडापत्र मार्फत जानकारी दिनेकाम सुरु गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

कुन शाखाबाट के काम हुन्छ र के-के आगजपत्र जुटाउनु पर्छ भन्ने जस्ता जानकारीहरु डिजिटल नागरिक वडा पत्र राखिएको प्रजिअ पौडेलले बताए ।

हामीले प्रशासनको लागि जति सक्दो छिटो छरितो बनाउने उदेश्य राखेका छौ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘सेवाग्राहीलाई डिजिटल नागरिक वडा मार्फत सेवा प्रवाहको बारेमा तुरुन्तै जानकारी दिने काम सुरु भएको छ ।’

कुन शाखाबाट के काम हुन्छ भनेर सेवाग्राहीले अलमल नपर्नु पर्ने र छिटो छरितो काम गर्न सजिलो होस भन्ने उदेश्यले डिजिटल नागरिक वडा राखिएको प्रमु्ख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।

डिजिटल नागरिक वडा पत्रमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रजिअ शाखा सहितका ११ वटा शाखाको कामहरुको बारेमा जानकारी राखिएको छ ।

कुन शाखाका के काम हुने र कामको लागि केके आगजपत्र आबश्य पर्ने जस्ता जानकारीहरु राखिएको अधिकृत पाण्डेयले. जानकारी दिए ।

डिजिटल नागरिक वडा पत्रमा अडियो भिडियो तथा लिखित जानकारीहरु पाउन सकिन्छ । सेवाग्राहीलाई कामको लागि सजिलो छिटो छरितोका लागि अझ थप जानकारी थपिदै लगिने प्रशासकिय अधिकृ पाण्डेयको भनाइ छ ।

सेवाग्राहीले कुन कामको लागि आएको हो त्यसको आबश्यक संकेतको आधारमा आफुले चाहेको जानकारी लिन सकिने अधिकृत पाण्डेयको भनाइ छ ।

प्रशासनको कामको लागि बिहिवार कार्यालयमा आएका जिल्लाको धुर्कोट गाउँपालिका हाडहाडेका भिम नगरकोटीलाई डिजिटल नागरिक वडा पत्रले सेवा लिन सहजता दिलाएको बताए ।

नगरिकता बनाउनको लागि प्रशासन आएको थिए नगरकोटाीले भने, ‘कति नम्बर कोठाबाट काम हुने रहेछ भन्ने त्यसै वडा पत्रबाट हेरे अनि काममा लागे सेवा लिन सजिलो भयो ।’ कामको शिलसिलामा पहिलो पटक आउनेलाई कुन शाखामा गएर के काम हुन्छ भन्ने बारे अलमलमै समय खेर जाने भएकाले डिजिटल नागरिक वडा पत्रले धेरै मदत पुग्ने नगरकोटीले बताए ।

के काम कहाँबाट हुन्छ केके चाहिने जस्ता डिजिटल नागरिक वडा पत्रमा देखेपछी कर्मचारीलाई समेत सोधन नपरेको अर्का सेवाग्राही सत्यवती गाउँपालिकाबाट प्रशासन कार्यालमा आएका नवीन गोरखालीले बताए ।

कार्यालयमा आउन साथ डिजिटल नागरिक वडा पत्रमा देख्न साथ काममा धेरै सजिलो भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment