Comments Add Comment

भैरहवामा सुरु भयो डा. केसी बचाऔं अभियान


३ साउन, बुटवल । जुम्लामा अनसनरत डा.गोविन्द केसीको समर्थनमा भैरहवामा पनि डा.गोविन्द केसी बचाऔं अभियान सुरु गरिएको छ।

डा.गोविन्द केसीका माग पूरा गर, डा. गोविन्द केसीको प्राण रक्षा गर भन्ने नाराका साथ अभियान सुरु गरिएको अभियन्ता सञ्जय सिंह केसीले बताए । चिकित्सा क्षेत्रको सुधारको लागि अनसन बसेका डा. केसीको मागप्रति सरकार गम्भीर नभएकोले आफूहरुले अभियान चलाएको उनले बताए ।

भैरहवामा क्रियाशील विभिन्न राजनीतिक दल, समाजसेवी तथा सामाजिक अभियान्ताहरुले संयुक्त रुपमा डा. गोविन्द केसी बचाऔं अभियान सुरु गरेको बिहीबार बिहान पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

अभियान अन्तर्गत बिहीबार बेलुका ५ बजे भैरहवाको विद्रोही चोकमा भेला भएर र्‍याली निकाली मिलनचोक पुगेर कोणसभामा परिणत हुने नयाँ शक्ति पार्टी नेपाल रुपन्देहीका इञ्चार्ज देवेन्द्र पाण्डे सागरले बताए ।

कोणसभाको समापन पश्चात अन्य कार्यक्रमहरु तय गरेर जानकारी गराइने उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै राजनीतिज्ञ विनोदकुमार उपाध्यायले डा. केसीको माग सम्बोधन हुनुपर्ने बताए । उनले डा.केसी मृत्युको शैय्यामा छटपटाइरहेको बेला सरकार उक्त मागप्रति संवेदनशील नहुनु दुःखद भएको बताए ।

राप्रपा (प्रजातान्त्रिक) रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले माथेमा आयोगको प्रतिवेदन पूर्ण रुपमा कार्यान्यवयन हुनुपर्ने बताए ।

त्यस्तै सामाजिक अभियान्ता पार्थिवेन्द्र उपाध्यायले अन्य क्षेत्रमा चिकित्सा क्षेत्र फरक रहेकोले राजधानीमा मात्र मेडिकल कलेेज केन्द्रित गर्न नहुने बताए ।

समाजसेवी मिलन बस्नेतले डा. केसी बचाऔं अभियान अन्तर्गत आयोजना हुने कार्यक्रममा सम्पूर्ण नागरिकलाई सहभागी हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment