Comments Add Comment

प्रधानमन्त्रीले पोखराबाट थाले ‘अनुगमनको पनि अनुगमन’


३ साउन, पोखरा । सरकारले ‘अनुगमनको पनि अगुगमन’को सुरुआत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पोखारामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनगुगनमा गर्दै अभियानको सुरुआत गरेका हुन् । चालु आर्थिक वर्षको लागि पारित भएको बजेटमा नै प्रधानमन्त्री कार्यालयमार्फत ‘अनुगमनको पनि अनुगमन’ गर्ने घोषणा भएको थियो ।

बिहीबार पोखरा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमा विमानस्थलको निर्माण सक्न निर्देशन दिए । ‘योजनाअनुसार सन् २०२१को जुलाईसम्म विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको परीक्षण भइसक्नुपर्छ,’ आयोजनासम्बद्ध अधिकारीहरुलाई निर्देशन दिँदै ओलीले भने,’अन्तर्राष्ट्रिय भनेपछि सेवासुविधा र यन्त्र उपकारण सबै अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले आयोजना निर्माणमा हुने ढिलाई सरकारका लागि स्वीकार्य नहुने पनि चेतावनी दिए । प्रधानमन्त्री ओलीले पोखरा विमानस्थललाई सुविधायुक्त बनाउन जग्गा नपुग्ने भए थप जग्गा अधिग्रहण गरेर भएपनि आयोजना सम्पन्न गर्न निर्देशन दिए ।

अब लगातार राष्ट्रिय गौरब र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा अनुगमन गरिने प्रधानमन्त्री कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले बताए ।

‘मुख्य रुपमा यस्त आयोजनामा सम्बिन्धत मन्त्रालय र विभागहरुबाटै अनुगमन हुन्छ । तर, पनि काम समयमै गुणस्तरीय तवरले नभएको गुनासो आउँछ । त्यसैले अब राष्ट्रिय गौरबका आयोजनाहरुमा आवश्यक्ताका आधारमा प्रधानमन्त्रीज्यू आफैं अनुगमनमा निस्कनुहन्छ,’ उनले भने,’प्रधानमन्त्री कार्यालय आफैंले पनि गौरबका आयोजनाकाहरुको प्रगतिमा चासो दिन्छ । अनुगमनाको पनि अनुगमन गर्छ ।’

हालसम्म पोखरा विमानस्थलमा १५ प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए ।

सरकारको नीति तथा कार्यक्रममार्फत अनुगमनलाई प्रभावकारी र पारदर्शी बनाउन प्रधानमन्त्री कार्यालयबाट अनुगमन गर्नेहरुको पनि ‘अनुगमन’ गर्ने नीति लिइएको उल्लेख छ ।

अहिले अनुगमन गर्ने निकायहरु नै विभिन्न विवादमा पर्ने गरेका छन् । अनुगमनका नाममा कर्मचारीले धन्दा चलाउने गरेको आशंका गरिन्छ ।  त्यसलार्इ सम्बोधन गर्न सरकारलो यो नीति ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment