Comments Add Comment

जुम्लामा डा. केसीका समर्थकमाथि अत्यधिक बल प्रयोग, अस्पतालमै पसेर कुटपिट

३ साउन, जुम्ला । आमरण अनसनरत डा. गोविन्द केसीले काठमाडौं ल्याउन रोकेको भन्दै प्रहरीले उनका समर्थकमाथि अत्यधिक बल प्रयोग गरेको छ । प्रहरीले अस्पतालभित्रै पुगेर कुटपिट गरेको पीडितहरुले बताएका छन् ।

डा. केसीलाई लिन डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो । टोलीलाई सघाउन कणर्ाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारी पनि कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए ।

तर, डा. केसीका समर्थकहरुले सरकारी टोलीलाई डा. केसीलाई भेट्न समेत दिएनन् ।

अवरोधपछि मुख्यमन्त्री शाही नेतृत्वको टोली डा. केसीलाई नभेटी फर्किएको थियो । तर, केहीबेरमा नै प्रहरी प्रतिष्ठानमा पुगेपछि अवस्था तनावग्रस्त बनेको हो ।

झडपका क्रममा प्रहरीले अस्पतालमा पसेर अन्धाधुन्द लाठी प्रहार गरेको छ । त्यसक्रममा केसी समर्थक विद्यार्थीसँगै डाक्टर र विरामी कुरुवा पनि घाइते भएका छन् । घाइते विद्यार्थीहरुको अस्पतालकै इमर्जेन्सीमा उपचार भइरहेको छ ।

‘अश्रुग्यास प्रहार र अन्धाधुन्ध लाठीचार्ज गरी सरकारले नरसंहार मच्चाउन खोज्यो । ३०-४० जना विद्यार्थीहरु घाइते भएका छन्’ केसीनिकट डा. विषद दाहालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment