Comments Add Comment

गुठी संस्थानका कर्मचारी ३५ हजार घूससहित पक्राउ

३ साउन, महोत्तरी । महोत्तरीको जलेश्वरस्थित गुठी संस्थानका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले ३५ हजार घूस रकमसहित नियन्त्रणमा लिएको छ ।

जलेश्वर नगरपालिका-१ स्थित गुठी संस्थानको शाखा कार्यालयमा असुली सहायक (करार) पदमा कार्यरत जयकुमार राउत शर्मालाई ३५ हजार घूससहित नियन्त्राणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासका प्रमुख प्रबिण पोखरेलले जानकारी दिए ।

शर्माले सेवाग्राहीलाई गुठी संस्थान अन्र्तगतको जग्गा धित्तो फुकुवा गराइदिने भन्दै रकम मागेको भन्दै कार्यालयमा जानकारी भएपछि घूस रकमसहित नियन्त्रणमा लिइएको प्रमुख पोखरेलले जानकारी दिए ।

शर्मालाई बर्दिवासस्थित कार्यालयमा ल्याएर थप अनुसन्धान थालिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment