Comments Add Comment

भाषणले मात्रै सिंहदरबारको अधिकार गाउँमा आउँदैन : मन्त्री घिमिरे


३ साउन, विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले संघीय सरकारका मन्त्रीहरुले भाषण गरेर मात्र सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा पुग्न नसक्ने बताएका छन् ।

उनले मुलुक संघीयतामा गएको भनेर संघीय सरकारका मन्त्रीहरुले भाषण गरेपनि संघीय सरकारले प्रदेशलाई अधिकार प्रत्योजन गर्ने कुरामा भने कञ्जुस्याईर्ं गरिहेको दाबी गरे ।

सामाजिक विकास मन्त्रालयले बिहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले लोकतन्त्रको भाषण गरे पनि लोकतान्त्रिक भने हुन नसकेको बताए ।

संघीय सरकारका मन्त्रीहरु सबै लोकतन्त्रको कुरा गर्नुहुन्छ मन्त्री घिमिरेले भने ‘लोकतन्त्र भाषणमा होइन व्यवहारमा देखाउन आवश्यक छ, संघीय सरकार कति विकेन्द्रिकृत छ भन्ने कुरा त संघीय सरकार र त्यसका मन्त्रीहरुको व्यवहारले देखाउदैछ ।’

उनले शिक्षकको उदारण दिदै भने ‘विधार्थीलाई चुरोट खान नहुने भन्दै सन्देश बाँड्छन्, तर त्यही शिक्षण कक्षा कोठाबाट बाहिरिएपछि चुरोट पिउँछ अहिले अधिकार बाँडफाँटको विषयमा संघीय सरकारले प्रदेश सरकारलाई त्यस्तै चरित्र प्रस्तुत गरेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment