Comments Add Comment

‘भैरे’ले देश भित्रकै कथा बोल्छः दयाहाङ


भोलीबाट देशभर रिलिज हुन लागेको चलचित्र ‘भैरे’को निर्माणपक्षले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको बिषयमा जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा चलचित्रका सम्पूर्ण कलाकार उपस्थित थिए । कार्यक्रममा नायक दयाहाङ राइले यो चलचित्रमा काम गर्दा निकै गाह्रो भएको र अहिले प्रतिफल आउन लाग्दा उत्साहित पनि भएको बताए । उनले भने-‘म सधै देशको कथा बोल्ने चलचित्र गर्न चाहन्छु । यसैले ‘भैरे’ मेरो टाइपको चलचित्र हो ।’ अर्का कलाकार बुद्दि तामाङले यो चलचित्रले नेपाली परिवेशको कथा बोल्ने भन्दै अर्गानिक बिषय उठाइएको बताए ।

चलचित्र ‘भैरे’मा काम गर्दा जाडोले निकै सताएको अनुभव नायिका बर्षा सिवाकोटीले राखिन् । उनले भनिन्-‘यो चलचित्रमा काम गर्दा निकै दुख पनि भयो । तर, यसको कथावस्तु मन परेकाले नै म काम गर्न तयार भएको हुँ ।’

चलचित्रले देशमै केही गर्न सकिन्छ भन्ने कथालाई उठान गरेको अर्की नायिका सुरक्षा पन्तको तर्क थियो । उनले पनि चलचित्रको कथावस्तु निकै पावरफूल रहेको बताइन् ।

अर्की नायिका जान्वी बोहराले चलचित्रमा काम गर्दा रमाइलो भएको भन्दै आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने सुनाइन् । एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको यो चलचित्रको २ वटा गीत अहिले चर्चामा छ । देशमै बसेर केही गर्न सकिन्छ, विदेश जानु पर्दैन भन्ने कथामा चलचित्र बनेको बोहराको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment