Comments Add Comment

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो : देउवा

फाइल फोटो

३ असार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् ।

प्रतिनिधिसभाको बैठक सारिएपछि संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताएका हुन् ।

यसअघि प्रतिनिधिसभाको बिहीबारको बैठक संघीय संसद् भवन बाहिर सूचना टाँस गरी साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको हो ।

सभापति देउवाले डा. केसीले उठाएका सबै माग र उनको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताए । यसअघिको सरकारले संसद्मा पेश गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसदमा ल्याइनुपर्ने उनको माग थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment