Comments Add Comment

शिक्षण अस्पताल सञ्चालन गर्ने प्रदेश १ सरकारको तयारी

३ साउन, काठमाडौं । प्रदेश १ सरकारले आफ्नै मातहतको शिक्षण अस्पताल सञ्चालनको प्रकृया अघि बढाएकोे छ ।

विराटनगरस्थित कोशी अञ्चल अस्पतालाई शिक्षण अस्पतालका रुपमा विकास प्रदेश सरकार लागेको हो ।

प्रदेश सरकारले आफनो वजेट भाषणमार्फत प्रदेश १ मा सुविधा सम्पन्न शिक्षण अस्पताल सञ्चालन गर्ने बताएको थियो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरे अनुसार हालको कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रुपमा यस वर्षदेखि शुरु गर्न लागेको हो ।

प्रदेश सरकारले काठमाण्डौस्थित वीर अस्पतालसंगको सहकार्यमा यसै वर्षदेखि कोशीअञ्चल अस्पतालमा एमडीको अध्यान अध्यापनको तयारी गर्न लागेको हो ।

सामाजिक विकास मन्त्रालयले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्न लागिएको जानकारी दिए ।

सामाजिक बिकास मन्त्री जीवन घिमिरेले साउनको अन्तिम साताबाट एमडीका लागि विधार्थी भर्ना लिएर यसै वर्षदेखि कोशी अञ्चल अस्पतालमा एमडीको पठाइ शुरु हुने जानकारी दिए ।

कोशी अञ्चल अस्पतालाई शिक्षण अस्पतालका रुपमा विकास गर्नका लागि आवश्य विधार्थी लगायतका कुरामा वीर अस्पतालसँग सहमति भइसकेको छ,’ मन्त्री घिमिरेले भने, ‘एमडी पठाइका लागि सबै विधार्थी वीर अस्पतालले पठाउने छ । कोशी अञ्चल अस्पतालमा प्रयोगात्मक कक्षहरु सञ्चालन हुनेछन् ।

मन्त्री घिमिरेका प्रदेश सरकारसंग भएको सहमतिअनुसार वीर अस्पतालले यो वर्षको एमडीका अध्ययन अध्यापनका लागि ५ देखि १० जना विद्यार्थी कोशी अञ्चल अस्पतालमा प्रयोगात्मक अभ्यासका लागि पठाउने छ ।

उनले आगामी वर्षदेखि कोशी अञ्चल अस्पतालमा एमबीबीएसको पठाइपनि सञ्चालन गरिने जानकारी दिए ।

हालको कोशी अञ्चल अस्पताललाई बिकास गदै लैजाने उदेश्य अनुरुप आधुनिक र प्रविधियुक्त अस्पताल बनाउँदै लैजाने र उच्चस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने प्रदेश सरकारले लक्ष्य राखेको छ,’ मन्त्री घिमिरेले भने, ‘योसँगै अञ्चल अस्पताल भोलिको एक मात्र प्रदेश १ शिक्षण अस्पतालका रुपमा रुपान्तरित गरिने लक्ष्यका साथ त्यसको बिकासका लागि प्रदेश सरकार लागि परेको छ ।’

सामाजिक बिकास मन्त्रालयका उपसचिव फडिन्द्र खत्रीका अनुसार कोशी अञ्चल अस्पतालाई शिक्षण अस्पतालका रुपमा बिकास गर्न प्रदेश सरकारले ८ करोड रुपैया विनियोजना गरेको छ ।

उनले प्रदेश सरकारले विनियोजन गरेको रकमबाट पहिलो वर्ष एमडीको प्रयोगात्मक कक्षा सञ्चालन र आगामी वर्र्षदेखि सञ्चालन गर्ने भनिएको एमबीबीएस कक्षाको तयारीका लागि आवश्यक पूर्वाधार निर्माणमा खर्च गरिनेछ ।

कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्ड डा. रोशन पोख्रेरेलले बिरामीको चाप र आवश्य स्वास्थ्य सेवा दिनलाई कठिनाइ भइरहेको समयमा प्रदेश सरकारले कोशी अञ्चल अस्पतालाई शिक्षण अस्पतालका रुपमा बिकास गर्ने योजना अघि सारेसँगै अस्पताललाई थप व्यवस्थित गर्नेका साथै विभिन्न सेवा विस्तार गर्ने काम भएको बताए ।

उनले प्रदेश सरकारले शिक्षण अस्तपालका रुपमा कोशी अञ्चल अस्पताललाई बनाउने भनिएपनि के कति रकम हो भन्ने बिषयमा भने अफिसियल रुपमा जानकारी नगराइएको बताए ।

कोशी अञ्चल अस्पताललाई प्रदेशस्तरमा स्वास्थ्य सेवा उपलव्ध गराउने उदेश्यका साथ थप व्यवस्थित गर्ने र आवश्य सेवाहरुसमेत बिस्तार गरिएको छ ।

मन्त्री घिमिरेले कार्डियोलोजी सेवा,ल्यावका सबै सेवा, नाक कानघाँटीको उपचार सेवा, क्यानस उपचार सेवा सुरु गरिएको छ ।

त्यसैगरी पहिलो पल्ट कोशी अञ्चल अस्पतालमा न्यूरो ओपीडी सेवासमेत थपिएको छ ।

०१३ सालमा स्थापना भएर ५० शय्याबाट शूरु भएको सो अस्पतालमा अहिले साढे तिनसय शय्या संचालनमा छन् ।

प्रदेश सरकारको वजेट भाषण अनुसार सामाजिक विकास मन्त्रालयले ग्रामीण क्षेत्रका गरीब तथा जेहेन्दार विधार्थीहरुलाई विषेश सहुलियत दिएर एम विविएस अध्ययन गराउने सहयोग गर्ने कार्यक्रमपनि यही वर्षदेखि थाल्ने भएको छ ।

जसका लागि यस प्रदेशका सरकारी विधालय पढेका ५ देखि १० जना विधार्थीलाई छनौट गरी एमविविएस पठनका लागि प्रदेश सरकारले सहयोग गर्नेछ ।

प्रदेश सरकारले सहुलियत प्रदान गरेर एमविविएस अध्ययन गरेका चिकित्सकले कम्तिमा ५ बर्ष ग्रामीण क्षेत्रमा रहेर करारमा स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने प्रावधान मन्त्रालयले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment