Comments Add Comment

नेपालको श्रम बजारबारे मलेसियाका मानव संसाधन मन्त्रीको चासो

मलेसिया / मलेसियाका मानव संसाधन मन्त्री ए कुलागेरमले नेपालको श्रम बजारको विषयमा चासो व्यक्त गरेका छन् ।

नेपाली दूतावास क्वालालम्पुरमा बिहीबार मलेसियाका लागि कार्यवाहक राजदूत कुमारराज खरेलसँग उनले अनौपचारिक भेट गरेका हुन ।

भेटमा खरेलले नेपाल सरकारको अनुरोध र चासोका विषयमा कुराकानी राखेको र मलेसिया सरकारले यसलाई गम्भीरतापूर्वक लिएको दूतावास श्रोतले जनाएको छ । ‘हामीले वर्तमान अवस्थाको वारेमा केही कुराकानी गर्याै उहाँले यसलाई उहाँले निकै चासोका साथ लिनुभएको छ ।’ खरलेले अनलाइनखबरसँग भने ।

यसैबीच नेपाली दूतावाससँग आउँदो जुलाई २४ तारिखका दिन पुत्राजयामा शिष्टाचार र औपचारिक कार्यक्रम बिहीबार नै तय गरेको छ । ‘उक्त दिन हामीले हाम्रा कुराहरु औपचारिक रुपमा राख्ने छौ ।’ खरेलले भने ।

मलेसियाले भिसा शुल्क महंगो गरेको भन्दै नेपाल सरकारले गएको असार ४ देखि मलेसियामा कामदार पठाउन रोेकेको छ ।

मलेसियामा मात्रै प्रतिदिन करिब ३ सय भन्दा धेरै कामदारहरु रोजगारीको लागि आउने गरेका थिए । हाल मलेसियामा करिब ६ लाख नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment