Comments Add Comment

बागदरबार भत्काउन पुरातत्वले अनुमति दिएकोमा संरक्षणकर्मीको विरोध

पुरानो बागदरबार भत्काएर बनाइने नयाँ भवनको स्केच

३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक महत्व बोकेको बागदबार भत्काउन खोजेको भन्दै बागदरबार बचाउ अभियानले विरोध जनाएको छ ।

पुरातत्व विभागले पनि भत्काउने अनुमति दिएर महानगरपालिकाको प्रयासलाई साथ दिएकामा पनि उनीहरुले विरोध जनाएका छन् ।

बागदरबारमा अमरसिंह थापा र भिमसेन थापाको बागदरबार अद्वितीय कलाकृति सहित विशिष्ट वास्तु सम्पदा भएको भन्दै संरक्षणकर्मीहरुले ऐतिहासिक राष्ट्रिय स्मारकको रक्षा गर्नुपर्ने महानगरले नै मास्न लागेको आरोप लगाएका छन् ।

पुरातत्व विभागले पहिले यसलाई जोगाउनुपर्ने बताए पनि फेरि भत्काउन दिनु आपत्तिजनक रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

‘पूरातत्व विभागले गत कात्तिकमा अद्वितीय कलाकृतिसहित विशिष्ट वास्तु लक्षणले युक्त उक्त ऐतिहासिक स्थल सबलीकरण गरी जोगाउनुपर्ने सम्बन्धित निकायको दायित्व रहेको भन्दै पत्र पठाएको थियो’ विज्ञप्तिमा भनिएको छ ‘त्यसको सात महिनापछि अर्काे पत्र पठाएर प्राचीन स्वरुप नमासिने गरी र प्राचीन सामग्री प्रयोग गरेर बागदबारपुननिर्माण गर्न अनुमति दिनु यो सम्पदा जोगाउनु पर्ने निकायको लाचारी हो ।’

पुरातत्व विभागको लाचारीमा टेकेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बागदरबार मास्न लागेको र त्यसका लागि टेण्डर माग्ने तयारी पनि भएको विज्ञप्तिमा जनाइएको छ । बागदबार जोगाउन दबाब दिन साउन ४ गते बागदरबार अगाडि धर्ना दिने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment