Comments Add Comment

जुम्ला घटनामा घाइते प्रहरीलाई थप उपचारका लागि नेपालगञ्ज लगिँदै

३ साउन, काठमाडौं । जुम्ला घटनामा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भएको छ ।

उपाध्यायलाई थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले हेलिकोप्टरमार्फत बिहीबारै काठमाडौं ल्याउन नसकिने भएको भन्दै नेपालगञ्ज लगिएको अनलाइनखबरलाई बताए ।

उनलाई नेपालगञ्ज लान हुम्लामा रहेको मनाङ हेली जुम्लाका लागि उडेको जनाइएको छ ।

उनको छातीमा गहिरो चोट रहेको बताइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको शल्यक्रिया गरिएको थियो ।

यसअघि जुम्लामा अनशनरत् डा. गोविन्द केसीलाई काठमाडौं फर्काउने क्रममा अस्पताल प्रवेश गर्दा केसी समर्थकले प्रहरीलाई सिसा र बेञ्च प्रहार गरेका थिए ।

त्यसक्रममा उपाध्यायसहित अन्य केही प्रहरी अधिकारी घाइते भएका थिए ।

यो पनि पढ्नुस् 

प्रहरी मृत्युको हल्ला फैलाएर सरकारले डा. केसीलाई झुक्यायो

डा. गोविन्द केसी काठमाडौं आए

जुम्लामा डा. केसीका समर्थकमाथि अत्यधिक बल प्रयोग, अस्पतालमै पसेर कुटपिट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment