Comments Add Comment

गायकको अवतारमा क्रिकेटर सन्दिप लामिछाने


३ साउन, काठमाडौं । सबैलाई थाहा छ, सन्दिप लामिछाने क्रिकेटर हुन् । विश्वकै सर्वाधिक महंगो इन्डियन पि्रमियर लिगको पिचमा उभिइसकेका यी ठिटोसँग अर्को खुबी पनि छ, गाउने । उनी सुरिलो भाका हाल्न सक्छन् । त्यती मात्र होइन, संगीत पनि गर्न सक्छन् ।

क्रिकेट पिचमा जादु देखाउने सञ्जिव स्वर खिप्न पनि उत्तिकै खप्पिस रहेछन् । हालै मात्र उनले स्वरवद्ध गरेको गीत सर्वाजनिक भएको छ । गीतले भन्छ, ‘उदास थियो मेरो मन ।’ विनोद तिमल्सिनाले लेखेको प्रेम-वियोगको शब्दलाई उनले धुन र स्वर दिएका हुन् । संगीत संयषेजन, सनिश सुनुवारको हो ।

गीतको म्युजिक भिडियो पनि बाहिरिएको छ । भिडियोमा उनले अभिनय समेत गरेका छन् । यसमा जीवन भट्टराई र सृष्टि खड्कालाई फिरचिङ गराइएको छ । म्युजिक भिडियो निशान घिमिरले निर्देशन गरेका हुन् । यसपाली उनले आफ्नो गीति संग्रहको नाम ‘प्रतिक्षा’ जुराएका छन् ।

सन्दिपले क्रिकेट खेल्दा मात्रै मैदानमा २० वटाभन्दा बढी गीत गाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment