Comments Add Comment

महिला राष्ट्रिय फुटबलको उपाधि काठमाडौंले जित्यो


३ साउन, हेटौंडा । हेटौंडामा सञ्चालन भएको महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ ।

बिहीबार भएको फाइनल खेलमा सिन्धुपाल्चोकलाई १-० ले हराउँदै काठमाडौंले उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको हो । काठमाडौंका तर्फबाट ४८ औं मिनेटमा सुनकला राईले गोल गरिन् । खेलको वुमेन अफ दी म्याच सिन्धुपाल्चोकका क्याप्टेन रजनी श्रेष्ठ घोषित भइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा हेटौंडाको हुप्रचौरमा सञ्चालन भएको प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, एन्फाका महासचिव इन्द्रमान तुलाधरलगायतले पुरस्कार वितरण गरेका थिए ।

मन्त्री दुलालले खेलले भाइचाराको विकाससंगै मुलुकलाई विश्वभर चिनाउन मद्दत गर्ने भन्दै यसको विकासमा सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment