Comments Add Comment

रुसी राष्ट्रपति पुटिनलाई अमेरिका भ्रमण गर्न ट्रम्पको निम्ताे

४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियन समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् ।

बीबीसीले ट्रम्पको प्रेस सेक्रेटरीलाई उद्धृत गर्दै शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न ट्रम्पले रसियन राष्ट्रपति पुटिनलाई निम्तो पठाएको जनाएको छ ।

ट्रम्पकी प्रेस सेक्रेटरी सारा स्यान्डर्सले एक ट्वीट गर्दै भ्रमणको तयारी शुरु गरिएको बताएकी छन् ।

दुई नेताबीच गत सोमबार फिनल्यान्डमा भेटवार्ता भएको थियो । भेटवार्तापछि आयोजित प्रेस मिटमा ट्रम्पले व्यक्त गरेका भनाइ विवादमा आएको थियो । ट्रम्पले २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भनेर जासुसी संस्थाहरुले दिएको रिपोर्ट गलत भएको बताएका थिए । त्यसको चर्को आलोचना भएपछि ट्रम्पले भोलिपल्टै आफूले त्यसो भन्न नखोजेको स्पष्टीकरण दिएका थिए ।

यहीबीचमा ट्रम्पले भ्रमणको निम्तो दिएको प्रसंग बाहिर आएको छ । तर यसबारे रुसको प्रतिक्रिया बाहिर आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment