बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

अशोक दर्जीलाई किन ‘सेन्सेसनल’ बनाइँदैछ ?

Suzuki
शिव मुखिया

 

विश्वकप फुटवल क्लाइमेक्समा नपुगेको, असारे झरीले भक्तपुर नडुबाएको र मार्सी चामलले पब्लिसिटी नपाएको भए निसन्देह ‘अशोक दर्जी प्रसंग’ले डढेलो लगाउने थियो । यद्यपि अहिले भर्चुअल संसारमा भित्रभित्रै यसको आगो भने सल्किएकै छ ।

हिजोसम्म यो प्रसंगको ग्राफ जुन रफ्तारमा उक्लिएको थियो, आज त्यो बक्ररेखामा दौडन थालेको छ । यसको आयतन र आयम रबरजस्तै जता पनि, जसरी पनि तन्किन र तन्काइन थालिएको छ । एउटा अवोध बालकलाई मियो बनाएर किन आरोप-प्रत्यारोप, चर्काचर्की, पाखुरा सुर्कासुर्की चलिरहेको छ त ?

एकातिर, अशोक दर्जीलाई पेवा बनाउने र त्यही टेकोमा उभिएर सेलिब्रेटी बन्ने उन्माद । अर्कोतिर अशोक दर्जीमाथि ‘सहानुभूति’ पोखाएर त्यसबाट द्रव्यलाभ लिने दाउपेच । यी दुईको घर्षणबाट राप निकालेर त्यसको न्यानो ताप्ने मनासय । अनेकथरि मनोकांक्षाको गुरुत्व बलले पैदा गरेको तुफान हो, यो ।

यही मेसोमा ‘अशोक दर्जीले यसो गरे’, ‘अशोक दर्जीले उसो गरे’ भनी बरमाझियाका पेडा दोकानले झैं प्रचार शैली अपनाउनेहरुको झुण्ड पनि कम्ता चलायमान छैनन् ।

हडबडमा गडबड

झापा, दमकको सडकतिर गीत गाउँदै हिँड्दा, कसैले युट्युवमा भिडियो बनाएर अपलोड गरिदिदाँ, पहिलो गीत रेकर्ड हुँदा, सामाजिक सञ्जालभरि छ्यापछ्प्ती छाउँदा, विदेशका कन्सर्टहरुको निम्तो पाउँदासम्म सबै कुरा ठिकठाक थियो । तर, गडबड त्यही विन्दुमा पुगेपछि भयो, जब अशोकका नाममा द्रव्य मिल्न थाल्यो ।

अशोक दर्जी ब्रान्डिङ भएसँगै हौसिएका उनका सारथीहरुले घर निर्माण गरिदिने उद्घोष गरेपछि देश-विदेशका मनकारीहरु पग्लिए । उनीहरुले अशोकको नाममा पैसा पठाइदिए । घर निर्माण सुरु भयो । यही मोडमा आएर ‘अशोक दर्जी प्रसंग’ ट्वीस्ट भयो ।

अशोक को हुन्, के थिए, के गरे, के भए ? यी कुरा असंख्यौं युट्युबर्सले केस्रा-केस्रा केलाइसकेका छन् । भन्न बाँकी भनेको अशोक दर्जीको नाममा जसरी सौदाबाजी भइरहेको छ, त्यसको त्यान्द्रो कहाँ-कहाँ कसरी गाँठो परेको छ ?

नियमित आकस्मिकता

एकातिर, अशोक दर्जीलाई पेवा बनाउने र त्यही टेकोमा उभिएर सेलिब्रेटी बन्ने उन्माद । अर्कोतिर अशोक दर्जीमाथि ‘सहानुभूति’ पोखाएर त्यसबाट द्रव्यलाभ लिने दाउपेच । अनेकथरी मनोकांक्षाको गुरुत्वबलले पैदा गरेको तुफान हो, यो

अशोक दर्जीले सडक पेटीमा बसेर लय हालेका एक्का-दुक्का श्रव्यदृश्य सामाग्री सामाजिक सञ्जालमा छाए । यो कुनै आश्चर्यको बात थिएन । सामाजिक सञ्जालको बिगबिगी रहेको अहिलेको अवस्थामा यस्ता ‘दुर्लभ/रोचक/अर्ग्यानिक’ कन्टेन्टको उच्च डिमान्ड हुने नै भयो ।

अब अशोकको जीवन उस्तै रहेन । कैलोमैलो लुगा लगाएर सडक पेटीमै गाइरहेका उनी आफैले भेउ नपाई ‘सेलिब्रेटी’ भइसकेका थिए । कति पनि लाज नमानी तिख्खर स्वरमा खिपेर भाका हाल्ने उनलाई गायक तथा संगीतकार टंक बुढाथोकीले काठमाडौं ल्याए । गीत रेकर्ड गराइदिए, ‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन ।’

गीत रेकर्ड भएलगत्तै म्युजिक भिडियो बनाइयो । सडकमा धुस्रेफुस्रे हिँड्ने अशोक सुकिला मुकिला आवरणमा भाका हालिरहेको भिडियो सार्वजनिक भयो । गीत चल्यो । भिडियो चल्यो । देश-विदेशका पारखीले आ-आफ्ना स्मार्टफोनमा गीतको भिडियो संग्रहित गरे । अशोक हटकेक बने ।

प्रवासी नेपालीहरुले उनलाई नाङ्गो आँखा अगाडि देख्न चाहे । निमन्त्रणा गरे । हवाइजहाज चढेर अशोक आफूले कहिल्यै नचिताएको ठाउँमा पुगे, गीत गाए । फर्किए । यतिबेलासम्म युट्युवमा अशोक ‘भाइरल ब्वाइ’ बनिसकेका थिए ।

एउटा निमुखा बालकलाई यो मोडसम्म ल्याउन जे-जति हात जुटे, त्यसलाई सराहना गर्नैपर्छ । उनको भाका सुनेर भिडियोमा कैद गरिदिने, काठमाडौं ल्याएर गीत रेकर्ड गराइदिने, गीत सुनेर आत्मिक-भौतिक सहयोग गरिदिने सबै-सबैको एकमुष्ट सहयोगले सडकको भिडमा बरालिएर हिँड्ने बालक आज मञ्चको ‘शो पिस’ बन्न पुगेका छन् ।

कहाँ पर्‍यो गाँठो ?

अशोक दर्जी जतिबेला सामाजिक सञ्जालमा उक्लिए, तब उनलाई एक संगीतकारले काठमाडौं ल्याएर गीत रेकर्ड गराइदिए, म्युजिक भिडियो बनाइदिए । आवरणमा निमुखा बालकको उद्वार गरेजस्तो, एउटा प्रतिभालाई प्लेटर्फम उपलब्ध गराएजस्तो देखिए पनि त्यसभित्र स्वार्थका स-साना कणहरु सिञ्चित थिएन भनेर भन्न सकिने अवस्था छैन ।

सोझै भन्नुपर्दा यो अरुको सेन्टिमेन्ट र त्यसले आर्जेको ख्यातीलाई ‘क्यास’ गर्ने चतुर प्रयास थियो । भलै, गीत रेकर्ड गराइदिनु र म्युजिक भिडियो खेलाइदिनु आफैमा नराम्रो भएन । तर, यसबाट उनले के नठान्नु मनासिव हुन्थ्यो भने, ‘अशोकलाई मैले सेलिब्रेटी बनाइदिएँ ।’ बरु यो मर्म अनुभूत गरेको भए हुन्थ्यो, ‘अशोकको कारण मैले नेम र फेम पाएँ ।’

अझ उदेकलाग्दो त, अशोकको स्वरमा दोस्रो व्यक्तिले गीत रेकर्ड गराउन खोज्दा उनीमाथि हस्तक्षेप भयो । अशोकको भलो चाहनेले यति कुष्ठित मानसिकता राख्छ भन्ने प्रश्न पनि ज्यूँका त्यूँ छ ।

यसमा उनीहरुको तर्क के रह्यो भने, ‘जो पायो त्यसले अशोकको स्वरमा गीत रेकर्ड गराउँदा उसको क्रेज घट्छ ।’ अब क्रेज घट्छ भन्दैमा अशोकको प्रतिभामाथि ताल्चा ठोक्ने सुपि्रम अधिकार उनीहरुले कसरी प्राप्त गरे ? यो प्रश्नको जवाफ पनि ढिलोचाडो खोजिन सक्छ । यदि अशोकले अरु दोस्रो संगीतकार, गीतकारबाट गीत रेकर्ड गराउँदा त्यसले उनले आज बनाएको भ्यालु घट्छ भन्ने कुरा त त्यहीबेला थाहा हुन्छ, जब उक्त गीत, धुन, लय सुनिन्छ । यसमा ‘गुणस्तर नियन्त्रण’ गर्ने विकल्प पनि खुला छ ।

त्यसो हुँदाहुँदै आफ्नो कब्जामा राखेर, पठन-पाठनसमेत छुटाएर, आफूले मात्र ‘प्रयोग गर्न’ पाउनुपर्छ भन्ने साँघुरो आशय अशोक दर्जीको कथित संरक्षत्वमा देखिन्छ ।

सुन्दा अप्रिय लाग्छ, तर अशोकको जादुयी आवाजमा मग्न भएर भन्दा पनि एउटा प्रतिभाले फल्ने-फुल्ने मौका पाउनुपर्छ भन्ने हार्दिक भावले अशोकको गीत सुनिरहेका छन्, अशोकको भिडियो हेरिरहेका छन्, अशोकलाई स्टेजमा निम्त्याइरहेका छन्, अशोकका खातिर आत्मिक-भौतिक प्रेम दर्शाइरहेका छन् ।

अशोक आफैंमा अलौकिक प्रतिभाका धनी भएर भन्दा पनि उनी जुन धरातल टेकेर उभिएका हुन्, त्यसलाई दर्शक/श्रोताले सराहना गरेका हुन् । उनीजस्ता आत्मविश्वासी, सघर्षशील, कुशल बच्चाका लागि प्रेम चाहिन्छ भन्ने मनोविज्ञानले नै उनलाई आजको उचाई प्राप्त भएको हो । तर, त्यही कुरालाई ‘बिकाउ कन्टेन्ट’ ठान्नेहरुले भने अशोकलाई ‘भाइरल’ बनाइदिए । अनियन्त्रित युट्युवर्सको ‘सर्कस शैली’ ले अशोक दर्जीलाई जसरी ‘सेन्सेशनल’ बनाए/बनाइरहेका छन्, त्यो अशोकको हितका लागि भन्दा बढी आफ्नै लाभका लागि हो ।

टार्जन र सर्कश शो

एउटा पुरानो फिल्म छ, एडभेन्चर अफ टार्जन । संयोगवस् जंगलमै खाइखेली हुर्किएका टार्जन -जंगली मान्छे) लाई शहरमा ल्याइन्छ । शहरमा ल्याउनुको अर्थ यो होइन कि, उनलाई घना जंगलबाट उद्वार गरिएको हो । बरु, उनलाई ‘शो पिस’ बनाएर शहरमा सर्कस देखाउनु हो । यसमा एउटै स्वार्थ हो, द्रव्यलाभ ।

अहिले अवोध अशोकलाई जुन किसिमले पेश गरिँदैछ, त्यसले टार्जन फिल्मकै झल्को दिन्छ । ‘नेम र फेम’को ललिपप चटाएर उनको ढाँडमा टेक्ने प्रवृत्तिले अशोकलाई जति हित गर्छ, त्योभन्दा बढी अहित गर्छ । त्यसैले यस्ता प्रवृत्ति नसच्चिएसम्म, यस्ता अवोध पात्रहरु ‘सर्कसका खेलाडी’ बनाइने जोखिम रहिरहन्छ ।

२०७५ साउन ४ गते २०:२७ मा प्रकाशित (२०७५ साउन ५ गते २१:०३मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४३ प्रतिकृयाहरू प्राप्त
  • Nepali लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते ११:३९

    टँक बुढाथेाकी असेाककेा लागी त भगवान नै हुन । भन्नेले जे भनेपनि । यस भन्दा अघि कहाँ थिय टँककेा कुरा काट्रनेेहरू । नेपालमा राम्रेा गर्नेलाइ जसरी भएपनि बदनाम र ढलाउने कुसस्कारकेा जन्म भएकेा छ । उनकेा पढाइकेा चित्ता गरेजस्तेा गर्नेहरू हिजेा असाेक सडकमा बसेर गित गाउदा गेाजिमा भएकेा एक सुकेा पनि दिन अानाकानी गर्दै हिडे अहिले कसैले उसलाइ उद्दार गरेर हिरेा बनायेा अनि उसैकेा खैरेा खन्ने ? के भन्नु र खै ? यस्तै छ मेरेा समाज । राम्रेा काम गर्नेलाइ गरिखान दिदैनन।

    187
    28
    Share

  • rameshmalla लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते ११:५३

    दान गरेपछि मान सम्मान चाहिने, सहयोग गरेपछि प्रतिफल चाहिने हाम्रोजस्तो भ्रष्ट समाजको एउटा चित्रण हो यो ।

    51
    67
    Share

  • Samrat लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते ११:५६

    Manko kura

    9
    39
    Share

  • sanjay लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते ११:५७

    Waiyaat lekh…be positive and stop writing these bullshit

    122
    16
    Share

  • ham purja लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते ११:५८

    बाबु, हिजो असोक सडकमा हुदा तिमी काहा सुतीरहेको थियौ जो दुइ पैसाको लागी सडकमा गाउदा तिम्रा सोचाइ भिखारीमा जान्थ्यो। आजा असोक सडक बाट महलमा पुगिसक्यो जस्लाइ साहारा दियका थिय टंक बुढाथोकी ज्यु ले, कृपया बलेको आगो ताप्ने चरित्र र तिम्रो लोभीपापी सोचाइहरु बसमा राख,,,

    176
    13
    Share

  • मनाेज लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १२:०१

    यसमा नराम्राे के भयो र? असाेक दर्जीलाइ stage दिनु नै ठूलाे कुरा हाे । त्यस बापतकाे business भनेकाे जसले पनि गर्छ । Reality shows ma पनि त्यहि त हुन्छ । stage पनि दिन्छन् , business पनि गर्छन । ठूलाे कुरा असाेक दर्जीकाे लागि राम्राे भयाे कि भएन भन्ने कुरा हाे ।

    161
    8
    Share

  • bimal लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १२:०६

    पत्रकार मोहदयको लेखमा positivism भन्दा negative मानसिकतालेले प्राथमिकता पाए जस्तो लाग्यो जुन रूपमा भए पनि एक गरिव परिवारको बच्चाको उद्दार नै भएको देख्दछु म त काम गर्नेले दु:खको साथै अलि अलि फाईदा लिएको भए पनि त्यसलाई अन्यथा मान्नु पर्ने कुरा म देख्दिन ।

    105
    8
    Share

  • Nabin Baniya लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १२:११

    lekhak ko manasaaya ke hio bujhna garho vayo,tanka budhathoki ko yogadaan lai najar andaaj garna mildaina,kasai pratee purbaagrahit lekh lagyo.

    52
    3
    Share

  • Prem Gurung लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १२:२६

    सफलताकाे धेरै पिता हुन्छन । याे यसैकाे चरितार्थ हाे । हामी राम्राे पक्षलाइ भन्दा नराम्रा पक्षलाइ बढि प्राथमिकता दिन्छाै ।

    62
    4
    Share

  • Tej Sonam लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १२:३१

    अशाेक जे भए सहयाेगी हातहरु र ट‌क दाइकाे साथले भए यतीराम्राे न्युज लेख्नेले के कती सहयाेग गर्नसक्नु भयाे भन्ने कुरा पनी लेखेकाे भए राम्राे हुने थियाे । रिस र डाहा नगरेकै राम्राे

    74
    3
    Share

  • Prabin shrestha लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १२:३५

    Ashok aila ko thau ma dekhda khusi lageko xa but yesto lekh rw nepali society dekhda dukha lagera auxa..

    32
    2
    Share

  • Shobha Nepali लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १२:४६

    Shiva Mukhiya, the author of this ‘idea’, do you think you and your family could even take Ashok to your house for a dinner and eat together? I don’t think so. Therefore, please use your time and brain in constructive affairs. Tanka Budhathoki has not done any wrong to you nor the community. It’s better to appreciate him and promote his work.

    50
    2
    Share

  • Nabin Baniya लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १२:५०

    tanka budhathoki ko yogadaan lai najar andaaj garne lekh nalekhda nai ramro,usle ashok darji lai gareko jasto kaam garera dekhune chesta garoun pahila ani yasto lekh lekhoun,ramro kaam lai raamro bhanna nasakne maanasikataa paribartan garoun ,jaile nakaraatmak tippani garne baani lai paribartan garoun.

    27
    1
    Share

  • पुष्पा लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १३:०१

    टंक बुढाथोकी ज्युले यति गर्नु पनि राम्रो कुरा हो । हामीले पनि पाठ सिक्न पर्छ । हो केहि स्वार्थी भएको जस्ताे देखिन्छ तर पनि त्यहि स्वार्थमा पनि त असाेक दर्जीको भलार्इ नै भएको छ । केही पहिला जुन अवस्थामा असाेक दर्जी थिय त्यहि अवस्थामा सबै रहेको भए राम्रो हुन्थ्यो त??????? अवश्य उनको जीवनमा परिवर्नको खाँचाे छ । टंक बुढाथोकी ज्युले यहँा सम्म ल्याउनु भनेको असाेक दर्जीले जिवनमा एक खुड्किलाे पाहिला माथि लानु हो । यसरि नै अगी बढ्दै गए र अवर निरन्तर पाए भने उनी अाफै राम्राे नराम्राे छुट्याउन सक्नेछन् । सके अाफू राम्राे गराै नसके अरुले गरेको कामको प्रशंसा गर्नु सिकौ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍।

    67
    3
    Share

  • Prakash लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १३:२३

    कस्ताे संकुचित विचार ।

    49
    4
    Share

  • kiran लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १३:४३

    arko manxe goda chado vanera kukur mathi goda chadna khojeka xan euta euta sadk ko balak lai yo thau sama liyera jun mehenet parisarm garnu bhayako thaka budathoki ju lai salam ani dahanayabad thanak ji

    21
    0
    Share

  • kale लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १४:३३

    dear lekhak jyu,, yo news tpai afaile yo news phadnus hos ani vannus conclusion khoi ta.. plz sir kura katne thau padero jstai media lai nabanaunus. yo kura kateko jstai vayo .. yedi tpai sachikai ko journalist ho vane sabut khojnus ani niskarsa sahit ko news lekhnus . dhanyabat

    17
    0
    Share

  • Rajendra Acharya लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १६:३५

    टंक बुढाथोकीलाई खुइल्याउने खेल सुरु भइसक्यो, अशोकको लागि जुन अवसर उनले दिए त्यसको जति तारिफ गरे पनि कम हुन्छ, समाचार एकपक्षीय, अनुमान र आशंकाका भरमा लेखिएको छ, यसमा चित्तबुझ्दो तथ्य कतै भेटिएन, राम्रो काम गर्नेलाई हौसला दिउँ ..

    50
    0
    Share

  • ashim लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १७:२४

    Yo reporting alik kata kata bango jasto lagyo.
    Tanka ko just one reason was enough for me to be satisfied kinaki jasle payo tesle geet record garna thalyo bhane Ashokko craze gatna sakchha. Quality maintain nahuna sakchha. I have a feeling that Tanka however reserves directly or indirectly rights whether to allow Ashok to sing other’s song. He has put his much efforts to uplift Ashok at this height…..My personal feeling.

    17
    0
    Share

  • Bimal dhimal लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १८:३८

    Boklol patrakaar

    20
    0
    Share

  • rabin लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते १९:०२

    saale haramkhor…kata sutera baseko thies ahile samma kumbhakarna jasto….talai alikati pani laaj lagdaina yesto kura garna…tudi khel ko khula chaurama lagera naakko dadi vachine gari kick hanna man chha.

    24
    0
    Share

  • pramesh लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते २१:१५

    बाबु, हिजो असोक सडकमा हुदा तिमी काहा सुतीरहेको थियौ जो दुइ पैसाको लागी सडकमा गाउदा तिम्रा सोचाइ भिखारीमा जान्थ्यो। आजा असोक सडक बाट महलमा पुगिसक्यो जस्लाइ साहारा दियका थिय टंक बुढाथोकी ज्यु ले, कृपया बलेको आगो ताप्ने चरित्र र तिम्रो लोभीपापी सोचाइहरु बसमा राख,,

    14
    0
    Share

  • Kushal लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते २१:१७

    Tanka budhathoki KO 100% haat6 Ashok lai yo thaun pa leyayeko,

    10
    0
    Share

  • pramesh लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते २१:१८

    हिजो असोक सडकमा हुदा तिमी काहा सुतीरहेको थियौ जो दुइ पैसाको लागी सडकमा गाउदा तिम्रा सोचाइ भिखारीमा जान्थ्यो। आजा असोक सडक बाट महलमा पुगिसक्यो जस्लाइ साहारा दियका थिय टंक बुढाथोकी ज्यु ले, कृपया बलेको आगो ताप्ने चरित्र र तिम्रो लोभीपापी सोचाइहरु बसमा राख,,

    9
    0
    Share

  • Subash लेख्नुहुन्छ    |   २०७५ साउन ४ गते २२:५७

    Tapai aru le jasari ashok ko muhar ferne tanka budhathiki lai hernu vako x….tyo vanda ku najar tapai haru ma ra yo tapai ko lekh ma x….yo jst views, like & share badaune khel vairako x….. himmat x vane dukhi aatma ko kalyan garnus…. natra sayogi man ko samman garnus

    4
    0
    Share

  • shiva लेख्नुहुन्छ    |   २०७५ साउन ५ गते १:५३

    This journalist is totally wrong.This is a example of negative journalism.

    7
    0
    Share

  • कृष्ण अर्याल लेख्नुहुन्छ    |   २०७५ साउन ५ गते २:५९

    टंक बुढाथोकीलाई खुइल्याउने? अशोकको लागि जुन अवसर उनले दिए त्यसको जति तारिफ गरे पनि कम हुन्छ, समाचार एकपक्षीय, अनुमान र आशंकाका भरमा लेखिएको छ, राम्रो काम गर्नेलाई हौसला दिउँ /

    7
    0
    Share

  • Jitendra लेख्नुहुन्छ    |   २०७५ साउन ५ गते ४:१०

    यो लेख पुर्बाग्रहि छ । टंक ले सहि गर्दै छैनन , उनि सच्चिनु जरुरि छ । तर उसको योगदान लाई अबमुल्यन गरिनु भनेको भुल हो ।
    पुर्बाग्रह देखिन्छ एहाँ

    अशोक दर्जी जतिबेला सामाजिक सञ्जालमा उक्लिए, तब उनलाई एक संगीतकारले काठमाडौं ल्याएर गीत रेकर्ड गराइदिए, म्युजिक भिडियो बनाइदिए । आवरणमा निमुखा बालकको उद्वार गरेजस्तो, एउटा प्रतिभालाई प्लेटर्फम उपलब्ध गराएजस्तो देखिए पनि त्यसभित्र स्वार्थका स-साना कणहरु सिञ्चित थिएन भनेर भन्न सकिने अवस्था छैन ।

    2
    1
    Share

  • nsk लेख्नुहुन्छ    |   २०७५ साउन ५ गते ६:१५

    Ramro niyatle kam garda, raro output niklida both parties lai faida hunxa vane, thats wonderful. The writer seems to be extremely bias and unfair. Rotten Potato….

    1
    0
    Share

  • Santu rai लेख्नुहुन्छ    |   २०७५ साउन ५ गते ७:०५

    Maha kaadhne ley haat chaatnu paunu parcha vanne hamlai lagiraheko Chaa…….

    3
    0
    Share

  • samik लेख्नुहुन्छ    |   २०७५ साउन ५ गते ७:०५

    पत्रकार्ले किन राम्रो लाई राम्रो देख्दैन ? सके आफुले पनि कसैको उद्दार गर्नु नसके किन टन्क बुदाथोकी को रिस गर्नु ? असोक दर्जी जस्तै एउटाा लाई पत्रकार महोडेएले पनि सडक बाट उथाएर ल्याअर देखाउनु त । । ।

    5
    0
    Share

  • devendra लेख्नुहुन्छ    |   २०७५ साउन ५ गते ८:११

    Haatti ra Haatti xaap chappal ustai ustai ho nanu, vanne Bigyapan jasto

    1
    0
    Share

  • रघुबीर शाह लेख्नुहुन्छ    |   २०७५ साउन ५ गते १०:०४

    पत्रकार्ले किन राम्रो लाई राम्रो देख्दैन ? सके आफुले पनि कसैको उद्दार गर्नु नसके किन टन्क बुदाथोकी को रिस गर्नु ? असोक दर्जी जस्तै एउटाा लाई पत्रकारले पनि सडक बाट उथाएर ल्याअर देखाउनु त ।खुट्टा तान्ने बानि कहिले छुट्छ हाम्रो नेपालीको/

    5
    0
    Share

  • Hang लेख्नुहुन्छ    |   २०७५ साउन ५ गते १५:३७

    Darji lai Farji banauna khojdai chan yaha manxi haru

    1
    0
    Share

  • R Adhikari लेख्नुहुन्छ    |   २०७५ साउन ५ गते २०:०९

    Dear writer. Have you done anything for other in your life.?
    Please stop your bull shit.
    Try to appreciate Tank’s work towards Ashok

    1
    0
    Share

  • जनार्दन लेख्नुहुन्छ    |   २०७५ साउन ६ गते १०:५३

    सबै ठिकै नै छ । यो प्रसंगमा अशोकलाई टंक जी ले संरक्षण दियेको पनि ठीक छ । तर अरु गायक संगितकारसंगबाट अलग चै गर्दिनु हुदैन । पछि भबिष्यमा अशोक आफैले पनि त्यो थाहा पाउदा उसलाई रमाइलो लाग्दैन । त्यति चै टंक जीले बिचार गरून । अरु सबै राम्रै भइराखेको छ ।

    2
    1
    Share

  • som gurung लेख्नुहुन्छ    |   २०७५ साउन ६ गते ११:५६

    अशोक दर्जी भाईको सफलताको रिस गरेको हो महोदय तपाईले ! बिचरा अशोक आफ्नो स्कुलको कपी र कलम जुटाउनको लागि टोल टोलको बाटो र गल्लीमा ५ रुपैया र २ रुपैयाको लागि गाउदै हिड्दा तपाई कहा हुनुहुन्थ्यो ? देख्नु भएको थिएन ? उसको हालत के कस्तो छ, घरको स्थिती कस्तो छ, बाबु अशोक तिम्रो घर छ की छैन ? के खान मन लागेको छ भनेर सोध्नु भएको थियो ? बिदाको दिनमा भुटानी शर्णाथि क्यापमा गएर पैसा पाउदाको अशोकको खुशी देख्नु भएको थियो तपाईले ? ५०/१०० रुपैया लिएर घर आउँदा आफ्नी आमा कती खुशी हुन्थिन त्यो खुशी शेयर गर्नु भएको थियो तपाईले ? हाफप्लेट म:म र चाउमिन खानालाई अशोकले कतिवटा नेपाली र हिन्दी गीत गाउनु पर्दथ्यो, स्वर ग्रन्थीको दर्द मनन गर्नु भएको छ महोदय तपाईले ? उफ धेरै भयो महोदय यती नै तर टंक बुढाथोकी भनेको अशोकको लागि भगवान हुन । भाई टंक बुढाथोकी भन्नेले जे भने पनि अशोकलाई ठाउँमा पुर्याोएर छोड्नु होला तपाईको पाईला कहिलै पनि नरोकियोस अगाडी बड्दा जसलाई पनि तान्न खोज्ने मान्छे आउँछन त्यसलाई वास्ता नगर्नु होला एक दिन अशोकको बाबा, आमा र तपाई अशोकको घरको आगानमा बसेर खिचेको फोटो देख्न बहुत मन छ स्याबास टंक यु र ग्रेट मेन !!!!!!!

    4
    0
    Share

  • Ranjan लेख्नुहुन्छ    |   २०७५ साउन ६ गते १३:४९

    If you can do; take another Ashok Darji vai and provide the music opportunity. Otherwise stop this type of content.
    Take another good content and draw your attention there.

    So foolish journalist…. you can’t do anything……Mukiya vai sab aapni Dal Bhat khau aaru ko pet ma laati na..hana

    Tanka is always popular musician in nepali music industries… I think shiva mukhiya don’t know him….

    1
    0
    Share

  • सन्तोष के सी लेख्नुहुन्छ    |   २०७५ साउन ६ गते १६:५१

    मेरो बुझइ के हो भने बालकलाई अभिवक चाहिन्छ जसले उनलाई ल्याए उनले वीचबाटोमा छोड्न मिल्दैन । अशोक दर्जीलाई मेनेजरको खाँचो छ । जसले पनि हल्लाएर प्रयोग गर्न पाँइदैन ।

    6
    0
    Share

  • santosh thapa लेख्नुहुन्छ    |   २०७५ साउन ७ गते १४:३०

    टंक जी ले अशोकलाई जहा सम्म लेराइ दिनुभो त्यो निकै सराहनिय काम हो । तर “……जो पायो त्यसले अशोकको स्वरमा गीत रेकर्ड गराउंदा उसको क्रेज घट्छ” भन्ने चांही दुषित मानसिकता हो ।

    3
    0
    Share

  • Suman लेख्नुहुन्छ    |   २०७५ साउन ७ गते २०:५७

    Comment haru herda yo article ko marma kasaile bujheko jasto lagena. Ashok ko name maa hawa taal ko video haru banaera YouTube maa upload garne haru ko matra comment ho jasto lagyo. hait.

    0
    0
    Share

  • anil लेख्नुहुन्छ    |   २०७५ साउन ८ गते १६:१२

    भिर को मह काद्ने ले अलिअली त हात मा लगेको मह त चात्नै पर्‍यो नी

    0
    0
    Share

  • शम्भु लेख्नुहुन्छ    |   २०७५ साउन ८ गते १९:०८

    500% सहि लेखे मुखिया जीले

    यस्ता दामी शब्द कहाँँ बाट आए ?

    जय शिव शम्भु मुखिया जी

    1
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this