Comments Add Comment

सुनका गहनासहित बालाजुबाट एक जना पक्राउ

साङ्केतिक तस्वीर

४ साउन, काठमाडौं । प्रहरीले स्रोत नखुलेको करिब १ लाख ५० हजार रूपैयाँ बराबरको सुनको गहनासहित बालाजुबाट एक जनालार्इ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ नयाँबसपार्कस्थित कमल गेष्ट हाउसमा बस्ने सुनसरी धरान नगरपालिका–१ घर भएका २४ वर्षीय आशिष श्रेष्ठ छन् ।

प्रहरीको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको संयुक्त टोलीले बालाजुको गंगाहल नजिकबाट उनीहरूलार्इ बिहीबार पक्राउ गरेको जनाइएको छ ।

थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment