Comments Add Comment

‘भैरे’को शो क्यूएफएक्समा ११ बजे नै सकियो


आजबाट ३ नेपाली चलचित्र रिलिज भएका छन् । ‘भैरे, पण्डित बाजेको लौरी र चक्कर’ गरि ३ नेपाली चलचित्र हलमा लागेका हुन् ।
पब्लिसिटी औषत गर्दै हलमा लागेका यी तिनै चलचित्रको ओपनिङ सामान्य छ ।

मल्टिप्लेक्सका राजा मानिने नायक दयाहाङ राई अभिनित चलचित्र ‘भैरे’लाई त क्यूएफएक्सले जम्मा २ शो दिएको छ । जुन २ शो, बिहान ११ बजे नै सकिएको छ । काठमाण्डौको सिभिल र छायाँ सेन्टरमा मात्र भोलीका लागि पनि २ शो दिइएको छ ।

लतिलपुरको लबिम, काठमाण्डौको कुमारी र जय नेपालमा ‘भैरे’ले शो नै पाएको छैन । नेपाली चलचित्रलाई बिहानीको शोमै खुम्चाइदिने, हिन्दी चलचित्रलाई बढी स्थान दिने मल्टिप्लेक्सको रवैया यसपटक पनि देखिएको छ ।

‘भैरे’को भन्दा केही बढी शो पाएको चलचित्र ‘पण्डित बाजेको लौरी’को पि्रमियरमा तारिफ भएपनि ओपनिङ औषत नै छ । चलचित्रलाई वर्ड अफ माउथले साथ दिएको खण्डमा यसको व्यापार बढ्न सक्छ । प्रचार खासै नगरि हलमा लागेको चलचित्र ‘चक्कर’को व्यापार पनि सुखद छैन ।

बरु, मल्टिप्लेक्समा आजबाट रिलिज भएको हिन्दी चलचित्र ‘धडक’ले कब्जा जमाएको छ । यस्तै, चौथो सातामा चलचित्र ‘सञ्जु’ले पनि राम्रो शो पाएको छ । सिंगल थिएटरमा पनि यी सबै चलचित्रको व्यापार सामान्य छ ।

आजबाट यी सबै चलचित्रका निर्माताले बक्स अफिस प्रणाली मार्फत व्यापार हेर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment