Comments Add Comment

देउवाले गोविन्द केसीलाई भेट्दै

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई शुक्रबार भेट्दैछन् । केसीलाई भेट्न देउवा दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताल जान लागेका हुन् ।

माथेमा कार्यदलको प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधेयक आउनुपर्ने, जुम्लामा एमबीबीएस पढाइ हुनुपर्ने माग राखेर केसी २१ दिनअघि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत थिए ।

उनलाई सरकारले बिहीबार काठमाडौं ल्याएको हो । गोविन्द केसीको अनसनलाई साथ दिँदै कांग्रसेले संसद अवरुद्ध गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment