Comments Add Comment

स्वास्थ्य सेवा सुधार्न निजी क्षेत्रसँग सहकार्य गर्छौं : स्वास्थ्य मन्त्री यादव

४ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा मन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा सुधार गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

शुक्रबार ललितपुर ग्वार्कोको बीएण्डबी अस्पतालमा क्याथल्याबको उद्घाटन गर्दै मन्त्री यादवले सरकारी र निजी क्षेत्र मिलेर मात्र नेपालको स्वास्थ्य सेवालाई माथि उकास्न सकिने बता बताए ।

विपन्न नागरिक गुणस्तरीय सेवा पाउनबाट बञ्चित रहेकाले उनीहरुलाई स्वास्थ्य सेवा पहुँचमा पुर्‍याउनु सरकारी र निजी क्षेत्रको दायित्व भएको उल्लेख गरे ।

राज्यको ठूलो हिस्सा उपचारात्मक क्षेत्रमा खर्च भएकोले अब रोग लाग्नै नदिनेतर्फ काम गर्नुपर्ने उपप्रधानमन्त्री यादवको जोड छ ।

यादवले दूषित पानी, प्रदुषणको प्रभाव र अखाद्य वस्तुको प्रयोगले बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताए । ‘प्रदुषित पानी, प्रदुषण र अखाद्य पदार्थको प्रयोग तथा प्रभावले बिरामीको संख्या बढ्दै गएको छ’, उनले भने, ‘खानपिन र आफ्नो स्वास्थ्यमा ध्यान नदिने हो भने विकराल अवस्था आउन सक्छ ।’

उपप्रधान एवम् स्वास्थ्य मन्त्री यादवले विदेशमा उपचार गराउन ठूलो हिस्सा रहेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए । उनले नेपालमै सुविधा सम्पन्न उपचार दिन सके विदेश उपचार गर्न जानेहरुलाई रोक्न सकिने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment