Comments Add Comment

शिक्षण अस्पतालका निर्देशक दीपक महराद्वारा राजीनामा


४ साउन, काठमाडौ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्रा. डा. दीपक महराले राजीनामा दिएका छन् ।

उनले चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) का डीन डा. जगदीशप्रसाद अग्रवालसमक्ष राजीनामा बुझाएका हुन् ।

उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् । प्रा. डा. महराको चार वर्षे कार्यकाल करिब एक महिनाअघि नै सकिएको थियो ।

तर त्रि. वि कार्यकारी परिषद्ले भने अर्को व्यवस्था नभएसम्मका लागि भनेर उनको पदावधी तीन महिनाका लागि थप गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment