Comments Add Comment

फेसबुक समूहले जुटायो क्यान्सर पीडित बच्चाका लागि सहयोग

मानिसहरु भन्छन्, जमाना खराब छ । सबै स्वार्थी छन् । तर, समाज त्यती नकारात्मक पनि छैन, जति बाहिर चर्चा हुनेगर्छ । संसारमा मनकारीहरुको कमी छैन, जो अरुको पीडामा पग्लिन्छन् । जस्तो कि, एलिसना राईको प्रसंगको कुरा गरौं ।

यी तीन बषिर्य बालिका अहिले असाह्य पीडामा छिन् । उनलाई बोनम्यारो क्यान्सर भएको छ ।

तिनै बच्चाको पीडादायी अवस्थाबारे जागरुक युवाहरुले फेसबुकलगायत सामाजिक सञ्जालबाट सहयोगको अपिल गरे । देश-विदेशमा भएका नेपालीहरु हार्दिकतापूर्वक सहयोगको हात बढाए । यसरी सबैको शुभेक्षाले अब एलिसना राईको उपचार हुने भएको छ ।

उनलाई भारतमा उपचारका लागि पुर्‍याएको छ । अहिल उनको उपचारका लागि अर्को सहयोगी समूह पनि जुटेको छ । उनीहरुले एरिको गाउँका सहयोगी हातहरु भन्ने फेसबुक पेजमार्फत सहयोग संकलन गरेका हुन् । फेसबुकबाटै गरिएको आह्वानबाट ९० हजार रुपैयाँ जुट्यो । उक्त रकम समुहका सदस्यहरुले हालै बालिकाका पितालाई हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment