Comments Add Comment

तिलोत्तमा प्रिमियर लिग कात्तिक २६ गतेदेखि

४ साउन, बुटवल । रुपन्देहीमा तिलोत्तमा पि्रमियर लिग क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ ।

प्रतियोगिता कात्तिक २६ गतेदेखि मंसिर ८ गतेसम्म संचालन हुने आयोजक तिलोत्तमा क्रिकेट बिकास समिति रुपन्देहीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतियोगितामा साविकको लुम्बिनी अञ्चलका ६ जिल्लाका १० टिमको सहभागिता रहने आयोजकले जनाए ।

सहभागिता हुन आयोजकले साउन ११ गतेदेखि ३१ गतेसम्म अक्सनमा आउने खेलाडीका लागि आबेदन खुलाएका छन् ।

प्रतियोगितामा प्रत्येक टिमले १५ जना खेलाडी खेलाउन पाउनेछन जसमध्ये २ जना खेलाडी स्थानीय जिल्लाको बिद्यालय तहको खेलाडी अनिवार्य हुनुपर्नेछ भने १ जना मार्की र १ जना राष्ट्रियस्तरको खेलाडी हुनेछन् ।

त्यस्तै अन्य ११ जना खेलाडी असोज ३ गतेहुने अक्सनमार्फत टिमले छनोट गर्ने तिलोत्तमा क्रिकेट बिकास समितिका प्रमुख कार्यकारी अधिकृत तथा प्रतियोगिताका खेल संयोजक दिपक भुर्तेलले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लवको खेल मैदानमा हुने प्रतियोगिताको बिजेताले नगद ३ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख ५० हजारसहति ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा म्यान अफ द सिरिज, बेष्ट ब्याट्सम्यान, बेष्ट वलर, फेयर प्ले अवार्ड, इमर्जिङ प्लेयर, फास्टेष्ट ५०, फास्टेष्ट १०० लगायतका बिधामा पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले तिलोत्तमा क्रिकेट बिकास समितिले क्रिकेट खेलको बिकासका लागि गरेको प्रयासको प्रशंसा गरे ।

मल्लले गतवर्ष सम्पन्न पहिलो तिलोत्तमा पि्रमियर लिगले यस क्षेत्रका केही उत्कृष्ट खेलाडीहरु पहिचानमा ल्याएको बताउदै केहि खेलाडिहरु अन्य बिभिन्न स्थानीय तथा राष्ट्रियस्तरका खेलहरुमा छनोट भएको बताए ।

तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्यूतराज ढुंगाना, सचिव राजेन्द्र केसी र उपाध्यक्ष लोकनेश ढेंगा मगरले आफूहरुको प्रयासलाई सबैले साथ दिएमा क्रिकेटले फड्को मार्ने बताए ।
प्रतियोगिताका सबै खेलहरु तिलोत्तमा नगरपालिकाको नवजीवन खेलमैदानमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment